निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

आत्मग्लानी नपाल्न समलिंगी तेस्रोलिंगीलाई सुझाव

आत्मग्लानी नपाल्न समलिंगी तेस्रोलिंगीलाई सुझाव

619
SHARES

काठमाडौं (पहिचान) मंसिर २६ – चलचित्र निर्देशक अराज केशव गिरीले समलिंगी विवाहले मान्यता पाउनु पर्नेमा जोड दिएका छन् । दुई व्यक्ति आफूखुसी बस्न चहान्छन् भने उनीहरुलाई रोक्न नहुने निर्देशक गिरीको भनाइ छ ।
“यस विषयमा व्यवस्थापिका संसद्मा पनि वहस भइरहेको भन्ने सुनेको छु,” निर्देशक गिरीले भने, “अन्य देशले कानुनी मान्यता दिएको अवस्थामा हाम्रोमा पनि संविधानले व्यवस्था गरिसकेको परिप्रेक्षमा सोही अनुसारको कानुन बन्नुपर्छ ।”
पहिलेको जस्तो समलिंगी तेस्रोलिंगीलाई हेर्ने नकारात्मक दृष्टिकोण अहिले नरहेको भन्दै उनले समयक्रमसँगै यौनिक तथा लैंगिक अल्पसंख्यकलाई सकारात्मक रुपमा हेर्न थालिएको वताए ।
समतामुलक समाज निर्माणका लागि सबैभन्दा पहिले उनीहरु खुलेर आउनु पर्ने भन्दै गायकसमेत रहेका निर्देशक गिरीले भने, “आफैले हिनताबोध गरेर बस्ने होइन, म यस्तो पहिचानको मान्छे भनेर खुला रुपमा आउन सक्नुपर्छ अनिमात्रै विभेदको जारी श्रृखाला अन्त्य हुन्छ ।”
कलाकारिता क्षेत्रमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको संख्या ठूलो रहेको भन्दै उनले भने, “हामी त सँगै बस्छौं, सँगै काम गर्छौं तर, सबैले आत्मसात गर्नका लागि पहिला उहाँहरुमा नै आत्मविश्वास र आफ्नो पहिचानप्रति गर्व गर्नसक्नेपर्छ ।”
नेपाली चलचित्रमा यौनिक तथा लैंगिक अल्पसंख्यकलाई किन हासोको पात्रका रुपमा मात्रै उभ्याइन्छ भन्ने जिज्ञासामा उनले भने, “सायद उनीहरु आफ्नो जीवनमा साथी सर्कलमा पनि अरुलाई हसाइरहने, मजाक गरिरहने भएकाले होला । तर, चलचित्रमा नियतबस उनीहरुलाई उपेक्षाको दृष्टिकोणले नभएर एउटा चरित्रका रुपमा मात्रै हासोको रुपमा देखाइएको हो भने त्यसलाई सहज रुपमा लिनुपर्छ । किन भने कलाकारीतामा कला देखाउने हो । त्यसमा महिला वा पुरुषलाई पनि हासोको पात्रका रुपमा देखाइएको हुनसक्छ ।”
अराज केशव अघिल्लो हप्ता गिनिज बुक अफ दि वल्र्ड रेकर्डका लागि छायांकन भएको नेपाली कथानक चलचित्र जालो र यसको रिटन्र्सका निर्देशक हुन् ।

समाचार शेयर गर्नुहोस्
619
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.