“समलिंगी तेस्रोलिंगीको जीवन त्यती धेरै व्यवस्थित भए जस्तो लाग्दैन”

“समलिंगी तेस्रोलिंगीको जीवन त्यती धेरै व्यवस्थित भए जस्तो लाग्दैन”

620
SHARES

काठमाडौं (पहिचान) मंसिर २८ – गायिका निखिता थापाले समलिंगी तेस्रोलिंगीलाई विभेद गर्न नहुने बताएकी छन् । सबै नागरिक राज्य र कानुनका नजरमा समान हुने भन्दै उनले सबैलाई समान व्यबहार गरिनु पर्नेमा जोड दिइन् ।
“मैले भारतमा पनि धेरै समलिंगी तेस्रोलिंगी देखेकी छु, तर त्यहाँ पनि उनीहरुको जीवन त्यती धेरै व्यवस्थित भए जस्तो लाग्दैन,” गायिका थापाले भनिन्, “यहाँ पनि समान अधिकार नपाएको सुनिन्छ, तर यस्तो हुनु हुँदैन भन्ने नै मेरो धारणा हो ।”
विभेद गर्नेलाई नै कारवाही गर्ने कानुन बनाएको खण्डमा भने केही सहज अवस्था आउने उनको भनाइ छ । सांगीतिक क्षेत्रले किन समलिंगी तेस्रोलिंगीलाई समेट्न सकेन ? भन्ने जिज्ञासामा उनले भनिन्, “सायद समाजलाई धेरै जानकारी नभएर पनि होला । अर्को कारण गीत प्राय माया प्रेममा बढी केन्द्रीत हुने भएर पनि होला ।”
यद्यपी पछिल्लो समय केही गीत भने समलिंगी तेस्रोलिंगीका बारेमा पनि बन्न थालेको उनको भनाइ छ । “अहिले त केही गीत बन्न पनि थालेको छ,” उनले भनिन्, हाम्रो एक जना साथीले यही विषयमा गीत तयार गर्नु भएको छ ।”
त्यो त भिडियोमा मात्रै छ नि हैन ? गीतका शब्दले त केही भन्दैन नि । भन्ने जिज्ञासामा उनी भन्छिन्, “म्युजिक भिडियो बन्न थाल्यो । यसलाई सुरुवातका रुपमा लियौं, अब आशा गरौं गीत पनि बन्छ ।”
व्यक्तिगत रुपमा आफ्ना लागि सबै नागरिक समान रहेको भन्दै उनले भनिन्,“आफ्नै लगानीमा गीत नभएर पनि हो आफूले चाहे जस्तो गीत गर्न नसकेको, सायद आफैले एल्वम निकालियो भने गाउन सकिन्छ भने जस्तो शब्द भयो भने ।”

समाचार शेयर गर्नुहोस्
620
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.