‘परिवारकै कारण तेस्रोलिंगीलाई विभेद’

‘परिवारकै कारण तेस्रोलिंगीलाई विभेद’

अम्बिका दाहाल/ललितपुर (पहिचान) मंसिर २९ –  उइन बहुउदेश्य सहकारी संस्था ललितपुरकी सचिव रत्नेश्वरी गोर्खाली श्रेष्ठले परिवारले विभेद गरेकै कारण समलिंगी तेस्रोलिंगीमाथि विभेद हुने गरेको बताएकी छन् ।
“घर परिवारबाटै विभेदमा परेका कारण यो समुदायलाई समाजले पनि विभेद गरिरहेको छ,” उनले भनिन्, “यौनिक तथा लैगिंक अल्पसंख्यक समुदाय समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगी र दुई लिंगीलाई घर परिवारबाटै फरक व्यवहार हुने गरेको छ ।”
कुनै पनि व्यक्तिले जन्मिसकेपछि बाच्न पाउनु उसको नैसर्गिक अधिकार भएको भन्दै उनले आफैले जन्म दिएको बच्चालाई विभेद गर्नु अपराध भएको बताइन् ।
“स्वाभाव र शारीरिक रुपमा फरक हुँदैमा गरिने व्यवहार परिवर्तन हुनु हुँदैन,” श्रेष्ठले भनिन् । सरकारी तथा गैरसरकारी संस्थाले यो समुदायको अधिकारको आवाज नउठाएका कारण पनि समलिंगी तेस्रोलिंगीले अधिकार नपाएको उनले बताइन् ।
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सदस्यहरु उइन बहुउदेश्य सहकारी संस्थाले प्रदान गर्दै आएको तालिममा सहभागि हुन चाहेमा संस्थाले तालिम प्रदान गर्ने पनि उनले प्रतिबद्धता जनाइन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.