सुदुरपश्चिम महोत्सवमा २० हजारले अवलोकन गरे तेस्रोलिंगीको स्टल

सुदुरपश्चिम महोत्सवमा २० हजारले अवलोकन गरे तेस्रोलिंगीको स्टल

राज चौधरी/कैलाली (पहिचान) मंसिर २९ – सुदुरपश्चिम महोत्सवमा करिव २० हजार जनाले यौनिक तथा लौंगिक अल्पसंख्यक समुदायको स्टल अवलोकन गरेका छन् । गत मंसिर २२ देखि सुरु भएको महोत्सवमा यौनिक अल्पसंख्यकहरुले राखेको सूचना स्टलमा सुदुरपश्चिमका नौं जिल्ला तथा अन्य क्षेत्रबाट महोत्सवमा गएका २० हजारले अवलोकन गरेका हुन् ।
सुदुरपश्चिम महोत्सव २०७३ रमाईलो मेलामा सुदुरपश्चिम समाज धनगढीले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका विषयमा जानकारी दिने उद्धेश्यका साथ स्टलको राखिएको थियो । सुदुरपश्चिम समाजको आर्थिक सहयोगमा स्टल संचालन भएको हो
विगतमा विश्व एड्स दिवसको अवसरमा पहिले त्रिनगर भान्सारमा ७ दिनको स्टलको आयोजना गर्ने गरेकोमा अहिले सुदुरपश्चिम महोत्सवका अवसरमा स्टल राखेको नील हिरा समाजका क्षेत्रीय संयोजक राजु लामाले वताए । स्टल अवलोकन गर्ने व्यक्तिहरुलाई समलिंगी तेस्रोलिंगीको यौन स्वास्थ्य र मानवअधिकारको वारेमा जानकारी गराएको सुदुरपश्चिम समाजका उपाध्यक्ष करुणा नेपालले वताईन् ।
सुदुरपश्चिम महोत्सव हेर्नका लागि सुदुरपश्चिमका नौ वटै जिल्ला तथा देशका विभिन्न ठाउँबाट मानिस पुगेका थिए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.