तेस्रोलिंगीलाई अपमान गर्नेलाई कारबाही

तेस्रोलिंगीलाई अपमान गर्नेलाई कारबाही

कञ्चनपुर ((पहिचान) पुष ४ – समलिंगी तेस्रोलिंगी भएकोमा विभेद गर्ने कञ्चनपुरकी गौमती श्रेष्ठले माफी मागेकी छन् । तेस्रोलिंगी आरती र मनिषालाई अपमानजनक शब्द प्रयोग गर्दै अमानवीय व्यवाहार गर्ने श्रेष्ठले माफी मागेकी हुन् ।

आरती र मनिषाले तेस्रोलिंगी अधिकारकर्मी मोनिका शाहीको पहलमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी गरेपछि श्रेष्ठले माफी मागेकी हुन् ।

आरती र मनिषा आफ्नो साथीलाई भेट्न जाँदा गौमती श्रेष्ठ लगायत केही महिलाहरुले उनीहरुलाई हिजडा छक्का भन्दै गाउँ निकाल्ने धम्की दिएपछि उनीहरु प्रहरी समक्ष पुगेका थिए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.