निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

नवलपरासीमा २५ सय यौनिक अल्पसंख्यक, वातावरण असहज हुँदा सबै खुल्न सकेनन्

नवलपरासीमा २५ सय यौनिक अल्पसंख्यक, वातावरण असहज हुँदा सबै खुल्न सकेनन्

791
SHARES

नवलपरासी (पहिचान) पुष ४ – अन्य जिल्लामा जस्तै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई हेर्ने दृष्टिकोण अपेक्षित सकारात्मक नभएका कारण नवलपरासीमा पनि समलिंगी तेस्रोलिंगी पहिचानसहित खुलेर आउन नसकेको नील हिरा समाज नवलपरासीले जनाएको छ ।
नवलपरासीमा अहिलेसम्म १५० जना तेस्रोलिंगी नील हिरा समाज शाखा कार्यालय नवलपरासीको सम्पर्कमा आएको कार्यक्रम संयोजक पुष्पा लामाले जानकारी दिइन् । उनका अनुसार ४० जना पुरुष यौनकर्मी सम्र्पकमा आएको र जम्मा २५ सय समलिंगी तथा तस्रोलिंगी सम्पर्कमा आएका छन् ।
लामाले अहिलेसम्म ९ जनामा एचआइभीको संक्रमण देखिएको र त्यसमा ७ जना समलिंगी तेस्रोलिंगी रहेको र दुई जना महिला रहेको जानकारी दिइन् ।
उनले समलिंगी तेस्रोलिंगीलाई हेर्ने देृष्टिकोण सामान्य नभएका कारण यौनिक तथा लैंगिक अल्पसंख्यक खुलेर आउन नसकेको बताइन् ।
“हामीले खोजेको केही होइन, हामीलाई महिला पुरुषभन्दा छुट्ट्रै अधिकार मागेको पनि होइन,” लामाले भनिन्, “महिला र पुरुष सरह समान्य ब्यवहार मात्रै हो खोजेको, यति भए हामीलाई पुग्छ ।”
पढेलेखेका केही व्यक्ति आफ्नो अधिकारका लागि भन्दै खुलेर आए पनि सबै व्यक्ति जागरुक नभएका कारण सबै यौनिक तथा लैंगिक अल्पसंख्यक आफ्नो पहिचान अनुसार बाच्न नपाएको उनको गुनासो छ ।
उनले दातृ निकायले दिएको सहयोग सँधैका लागि नहुने भन्दै सरकारी निकायबाट आर्थिक सहयोगको आवश्यकता रहेको बताइन् ।
सरकारी निकायले अझै पनि समलिंगी तेस्रोलिंगीलाई उपेक्षा गरेको उनको भनाइ छ । बोली र व्यवहारमा समानता नरेहेको भन्दै कार्यक्रम संयोजक लामाले सरकारी निकायले हेर्ने दृष्टिकोण सकारात्मक भए विस्तारै वातावरण सहज हुँदै जाने विश्वास व्यक्त गरिन् ।

समाचार शेयर गर्नुहोस्
791
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.