यौनिक अल्पसंख्यकका लागि आय मूलक तथा सिप मूलक कार्यक्रम सञ्चालन

यौनिक अल्पसंख्यकका लागि आय मूलक तथा सिप मूलक कार्यक्रम सञ्चालन

इन्दिरा न्यौपाने/मकवानपुर (पहिचान) पुष ५ – यौंनिक तथा लैंगिक अल्पसंख्यकहरुले आय मूलक तथा सिप मूलक कार्यक्रम सञ्चालन गरेका छन् । जिल्ला विकास समितिको आर्थिक सहयोगमा उनीहरुले बाख्रा पालन, कुखुरा पालन, सिलाइकटाइ तथा कम्प्युटर तालिम लगायतका कार्यक्रम शुरु गरेका हुन् ।

bakhra-palanआर्थिक वर्ष २०७२/०७३ मा यौनिक तथा लैंगिक अल्पसख्यकहरुको आर्थिक उपार्जन तथा सिप मुलकका लागि विनियोजन भएको १ लाख २० हजार फ्रेण्ड्स हेटौडाले प्राप्त गरेपछि आफ्नो समुदायका न्युन आर्थिक स्थिति भएका व्यक्तिलाई रकम वितरण गरेको छ । प्राप्त रकम मध्ये २० हजार सिपमूलकको लागि र १ लाख आयआर्जनको लागि वितरण गरेको फ्ेण्ड्स हेटौडाका अध्यक्ष कृष्ण बहादुर थोकरले जानकारी दिए ।

silai-kataiआर्थिक अवस्था न्युन भएका आफ्ना समुदायलाई जिल्ला विकास समितिले जिविकोपार्जनका लागि छुट्याइदिएको रकम थोरै भए पनि उदाहरणिय भएको फे्रण्ड्स हेटौडाका कार्यक्रम संयोजक सुरज थापाले बताए । उनले भने— यस जिल्लामा ७ वर्षदेखिको हाम्रो अभियानले सार्थकता पाएको महसुश हुदैछ । जिल्ला विकास समितिले हामीलाइ छुट्याइएको बजेट भन्दा नि स्थानीय निकायहरु हामीप्रति सकारात्मक भएकोमा हामी सबै यौनिक अल्पसंख्यक समुदाय खुशी भएका छौं ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.