निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

बझाङमा घरपरिवारको डरले १० जना समलिंगी तेस्रोलिंगी पहिचान लुकाएर बस्न बाध्य

बझाङमा घरपरिवारको डरले १० जना समलिंगी तेस्रोलिंगी पहिचान लुकाएर बस्न बाध्य

654
SHARES

राज चौधरी/कैलाली (पहिचान) पुष ६ – बाझाङ्गका नानुमाया सिंहले आफ्नो सम्पर्कमा १० जान समलिंगी तेस्रोलिंगी रहेको वताएका छन् । घरपरिवार र समाजका डरले उनीहरु आफ्नो पहिचान लुकाएर बस्न बाध्य भएको बताए ।
उनका अनुसार यौनिक तथा लैंगिक अल्पसंख्यकलाई हेर्ने दृष्टिकोण नकारात्क नै रहेका कारण खुल्न नसकेको भन्दै उनीहरुले समाजले हेर्ने दृष्टिकोण सकारात्मक भए आफ्नो पहिचान खुलाउन समस्या नरहेको बताएका छन् ।
सहजपुर गाविसको विपिनगरमा छ जना समलिंगी तेस्रोलिंगी आफ्नो पहिचान बारेमा चेतना नहुँदा पहिचान लुकाएर बस्न बाध्य रहेको सिंहले बताए ।
नानुमायाले समलिंगी तेस्रोलिंगीलाई राज्यले हेर्ने दृष्टिकोण ‘सौतेनी’ व्यवहार गरेको टिप्पणी गरे । उनले समलिंगी तेस्रोलिंगीको बारेमा शिक्षा दिन सरकारसँग आग्रह गरे । पाठ्यक्रममै समलिंगी तेस्रोलिंगीबारे स्पष्ट जानकारी हुने गरि उल्लेख हुनुपर्ने उनको भनाइ छ ।

समाचार शेयर गर्नुहोस्
654
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.