निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

“तेस्रोलिंगीलाई राजनीतिक रुपमा व्यवस्थापन गर्नुपर्छ” (भिडियो सहित)

“तेस्रोलिंगीलाई राजनीतिक रुपमा व्यवस्थापन गर्नुपर्छ” (भिडियो सहित)

430
SHARES

काठमाडौं (पहिचान) पुष ९ – नयाँ शक्ति नेपाल पार्टीका संरक्षक मदन राईले समलिंगी तेस्रोलिंगीहरुलाई राजनीतिक रुपमा नै संबोधन गरिनुपर्ने बताएका छन् । पहिचानसँगको कुारकानीमा संरक्षक राईले संविधानले यौनिक तथा लैंगिक अल्पसंख्यक भनेर संबोधन गरेको समलिंगी तेस्रोलिंगी समुदायलाई नयाँ शक्ति नेपाल पार्टीले सचिवालयमै पुर्याएको बताए ।
‘समलिंगी तेस्रोलिंगीलाई संविधानले भनेजस्तै समानस्तरमा पुर्याउन राजनीतिक समायोजन आवस्यक छ,’ राईले भने, ‘नयाँ शक्ति पार्टीले त्यो सुरुवात गर्दै यौनिक अल्पसंख्यकका तर्फबाट पिंकी गुरुङलाई सचिवालयमा पुर्याएर दलित तथा अल्पसंख्यक विभागको जिम्मेवारी दिइसकेको छ ।’ उनले सबै राजनीतिक दलले यौनिक अल्पसंख्यकलाई समायोजन गरेर लगे सामाजिक समायोजनमा समस्या नआउने बताए ।
राजनीतिक व्यवस्थापन सबैभन्दा महत्वपूर्ण हुने भन्दै उनले सबै राजनीतिक दलमा बैधानिक भूमिका पाए समलिंगी तेस्रोलिंगीप्रतिको सामाजिक दृष्टिकोणमा नै रुपान्तरण हुने बताए । ‘२१औं शताव्दिको उत्तरार्धमा आउँदा व्यक्ति व्यक्तिबीचका विभेदले समाज अघि बढ्न सक्दैन, देश विकास पनि हुँन सक्दैन’ राईले भने । सामाजमा रहेको कुनै पनि नागरिकले अधिकारका लागि लड्नु नपर्ने अवस्था नआउँदासम्म देश विकासको गति स्वभाविक रुपमा अघि बढ्न नसक्ने उनको भनाई थियो ।

नयाँ शक्ति नेपाल पार्टीले नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङलाई अन्तरिम केन्द्रीय परिषद हुँदै केन्द्रीय परिषद र सचिवालय सदस्य बनाएर दलित तथा अल्पसंख्यक विभागको संयोजक बनाएको छ ।

समाचार शेयर गर्नुहोस्
430
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.