नेविसंघले यौनिक अल्पसंख्यकलाई केन्द्रीय समितिमा ल्याउने नीतिगत निर्णय गरिसकेको छ : कुन्दन काफ्ले (भिडियो सहित)

नेविसंघले यौनिक अल्पसंख्यकलाई केन्द्रीय समितिमा ल्याउने नीतिगत निर्णय गरिसकेको छ : कुन्दन काफ्ले (भिडियो सहित)

काठमाडौं (पहिचान) पुष १० – नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई केन्द्रीय समितिमा ल्याउनेगरी नीतिगत निर्णय भइसकेको बताएका छन् । पहिचानसँगको कुराकानीमा महामन्त्री काफ्लेले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबाट नेविसंघले महाधिवेशनमा समेत दुइजना महाधिवेशन प्रतिनिधि मनोनित गरि सहभागि गराएको बताए । ‘हामीले गएको महाधिवेशनमा पनि यौनिक तथा लैंगिक अल्पसंख्यक (समलिंगी तेस्रोलिंगी) बाट दुईजनालाई मनोनित गरि सहभागि गराएका थियौ,’ काफ्लेले भने, ‘हामी केन्द्रीय समितिलाई पुर्णता दिदा समलिंगी तेस्रोलिंगीलाई पनि समावेश गर्छौ ।’ उनले नेपाली कांग्रेसले बीपी कोइरालाकै समय देखि समावेसिताको अभ्यास गरेको भन्दै अरुले नारा धेरै लगाए पनि काँग्रेसले अरु भन्दा धेरै समावेसिताको अभ्यास गरेको बताए ।
उनले नेविसंघले शैक्षिक मुद्धासँगै समावेसिता र सवलीकरणको मद्धालाई पनि एकसाथ अघि बाउने बताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.