राजनीतिक आन्दोलन सकियो अब सामाजिक आन्दोलनमा तेस्रोलिंगी सहित सबैलाई जोड्नुपर्छ : गैरे (भिडियो सहित)

राजनीतिक आन्दोलन सकियो अब सामाजिक आन्दोलनमा तेस्रोलिंगी सहित सबैलाई जोड्नुपर्छ : गैरे (भिडियो सहित)

काठमाडौं (पहिचान) पुष ११ – नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रभावसाली युवा नेता ठाकुर गैरेले नेपालमा राजनीतिक आन्दोलनको चरण सकिन लागेको भन्दै आर्थिक सामाजिक आन्दोलनमा होमिनुपर्ने बताएका छन् । पहिचानसँगको कुराकानीमा गैरेले सधै राजनीतिक आन्दोलनले प्राथमिकता पाउँदा सामाजिक र आर्थिक विकासको कुरा ओझेलमा परेको भन्दै अब सबै समुदायलाई समावेसिताबाट मुलधारमा ल्याउँदै आर्थिक समाजिक आन्दोलनलाई अघि बाढउनुपर्ने बताए ।
‘लामो समयसम्म हामी राजनीतिक आन्दोलनमा रहँदा धेरै आर्थिक, समाजिक र सांंस्कृतिक विषय ओझेलमा परेका छन्,’ गैरेले भने, ‘अब यौनिक तथा लैंगिक अल्पसंख्यक सहित सबै अल्पसंख्यक र पिछडिएको वर्गलाई साथमा लिएर आर्थिक, सामाजिक आन्दोलन सुरु गर्नुपर्छ ।’ गैरेले सामाजिक आर्थिक आन्दोलन विना देशको विकास र परिवर्तन संम्भव नहुने भन्दै अब सबैजना संक्रमणकालको अन्त्य गरेर सामाजिक आर्थिक परिवर्तनमा लाग्नुपर्ने बताए ।
‘नेकपा एमाले अब संविधानको कार्यान्वयन गर्दै सबै समुदायलाई मुलधारमा ल्याएर अघि बढ्न चाहन्छ,’ गैरेले भने, ‘त्यसमा समलिंगी, तेस्रोलिंगी, महिला, आदिवासी जनजातिसहित सबैको साथ अनिवार्य छ ।’ उनले समलिंगी तेस्रोलिंगीहरु अरु समुदाय भन्दा पनि धेरै पछाडी रहेको भन्दै अधिकारसम्पन्न बनाउन लाग्नुपर्ने बताए ।
गैरेले अधिकारको आन्दोलन एकैपटक पुरा नहुने भन्दै समाजिक सांस्कृतिक रुपान्तरणका लागि केही समय कुर्नुपर्ने बताए । ‘परिवारमा समेत अंस र वंसको अधिकार नपाएको समुदायले संविधानमार्फत पहिचान पाएको छ,’ उनले भने, ‘अब वैवाहिक अधिकारका लागि हाम्रो सामाजिक सांंस्कृतिक रुपान्तरणमा समलिंगी तेस्रोलिंगीले सहयात्रा गर्न आवस्यक छ ।’ उनले सामाजिक रुपमा घुलमिल भइसकेपछि सामाजिक मान्यतासहित विवाहको अधिकारमा जानुपर्ने वताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.