निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

राजनीतिक नेता बनाउने अभियान संचालन गर्ने तयारी

राजनीतिक नेता बनाउने अभियान संचालन गर्ने तयारी

956
SHARES

काठमाडौं (पहिचान) पुष १२ – यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायका सदस्यलाई राजनीतिक चेतना दिन र नेता बनाउन अभियान संचालनबारे छलफल भएको छ । नील हिरा समाजकी अध्यक्ष एवं नयाँ शक्ति नेपाल पार्टीकी सचिवालय सदस्य पिंकी गुरुङले संगठित रुपमा राजनीतिक अभियान संचालनको खाँचो औल्याएकी हुन् ।

pinky“यौनिक तथा लैंगिक अल्पसंख्यकको सक्रियता पर्याप्त छैन, अरु व्यक्तिले तेस्रोलिंगीको कुरा उठाउँदैनन दलित तथा अल्पसंख्यक विभागकी प्रमूख समेत रहेकी गुरुङले भनिन्, सबैलाई अभ्यस्त बनाउन संगठित सक्रियताको खाँचो छ । ” उनले आत्मविश्वास बलियो बनाउन समूदायका सदस्यलाई सुझाव समेत दिइन । “ व्यक्ति सक्षम नभएसम्म अधिकार उपयोग गर्न कठिन छ गुरुङले भनिन, रंग रमाइलोमा जीवनको महत्वपूर्ण समय खेर नफालौ र आफू सशक्त बनौ । ”

मानवअधिकार हननको बिषयलाई हसिमजाकमा नउडाउन समेत उनले सुझाव दिइन । नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले समूदायका सदस्यलाई मनोपरामर्सको आवश्यकता रहेको वताइन । “ समूदायका केही सदस्यलाई डिप्रेसनमा जाने समस्या छ ढकालले भनिन्, यसकालागि साइकोसोसल काउन्सिलको आवश्यकता छ । ”
नयाँ शक्ति नेपाल पार्टीमा यौनिक अल्पसंख्ययकको छुट्टै विभागको तयारी
manishaनयाँ शक्ति नेपाल पार्टीले यौनिक तथा लैंगिक अल्पसंख्यकको छुट्टै विभाग गठनको तयारी गरेको छ । केही दिनअघि नवलपरासी, कपिलवस्तु र रुपन्देहीमा यौनिक तथा लैंगिक अल्पसंख्यक सम्पर्क समिति गठन गरेको पार्टीले यौनिक अल्पसंख्यकको कन्द्रीय समिति बनाउने तयारी गरेको हो । नयाँ शक्ति नेपाल पार्टीकी दलित तथा अल्पसंख्यक विभागकी प्रमूख पिंकी गुरुङले काठमाडौं उपत्यकामा उपलव्ध समूदायका सदस्यसँग केन्द्रीय समिति गठनबारे अनौपचारिक छलफल गरेकी छन् ।

नील हिरा समाजकी अध्यक्ष समेत रहेकी गुरुङले संगठित रुपमा पार्टीमा सक्रियता जनाउन आग्रह गरिन् । “ पार्टीलाई दवाव दिनका लागि पनि समूदायका साथीहरु संगठित हुनुपर्छ, आफू आफूमा अन्तरविरोध राखेर बस्नु हुँदैन उनले भनिन्, अरु दलको तुलनामा नयाँ शक्तिले केन्द्रीय भूमिका दिनु महत्वपूर्ण उपलव्धी हो ।” उनले सुनिलबाबु पन्तको राजनीतिक सहभागिता भएरनै संबैधानिक अधिकार पाउन सफल भएको वताइन ।

उनले समूदायका सदस्य राजनीतिक रुपमा सतर्क र सजक हुनु पर्नेमा जोड दिइन । छलफलमा सहभागी समूदायका सदस्यहरुले नयाँ शक्तिमा आवद्ध भएर समूदायको अधिकार प्राप्तिको अभियानलाई अझै सशक्त बनाउन आफूहरु प्रतिवद्ध भएको वताए ।

समाचार शेयर गर्नुहोस्
956
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.