एकता नेपाल धनगढीका कार्यबाहक अध्यक्ष ममता सिकेको निधन

एकता नेपाल धनगढीका कार्यबाहक अध्यक्ष ममता सिकेको निधन

506
SHARES

काठमाडौं (पहिचान) पुष १५ – नील हिरा समाजको शाखा कार्यालय एकता नेपाल धनगढीका कार्यबाहक अध्यक्ष ममता सिकेको निधन भएको छ । ममताको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।

mamata-ckनील हिरा समाजमा कार्यरत तेस्रोलिंगी अधिकारकर्मी भक्ती शाहका अनुसार ३२ बर्षका तेस्रोलिंगी पुरुष ममताको उपचारका क्रममा निधन भएको हो । बुबा गुमाइसकेका ममता आमासँग क्याम्पस रोड धनगढीमा बसेर नील हिरा समाजको शाखा कार्यालय एकता नेपालमा कार्यवाहक अध्यक्षको रुपमा कार्यरत थिए । धनगढीमा यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको अधिकारका लागि लडाकुको रुपमा क्रियाशिल ममताको जण्डिस रोगका कारण निधन भएको चिकित्सकको भनाई उद्धृत गर्दै अधिकारकर्मी शाहले वताए ।

पूर्व राष्ट्रिय खेलाडी समेत रहेका ममताको अल्पायुमै निधन भएको भन्दै यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायका सदस्यहरुले शोकाकुल परिवार प्रति धैर्य धारण तथा ममताको आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । ममताको भोली आइतवार विहान १० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार हुनेछ ।

तस्विर : इशान रेग्मीको फेसबुकबाट

समाचार शेयर गर्नुहोस्
506
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.