नेपालकी पहिलो तेस्रोलिंगी मोडल अञ्जली लामा भारतीय र्‍याम्पमा

नेपालकी पहिलो तेस्रोलिंगी मोडल अञ्जली लामा भारतीय र्‍याम्पमा

काठमाडौं (पहिचान) पुष १८ – नुवाकोट जिल्लाको किसान परिवारमा जन्मेका नबिन वाइबा आफू सानो छँदा फरक महसुस गर्थे । वाइबाको आफ्नो आमा र महिला साथीहरू सँगको निकटताले उनलाई फरक जनाइरहेको हुन्थ्यो। जसका कारण उनी आलोचनाका पात्र हुन पुग्थे। यसले नबिन वाइबालाई आफू प्रति संकोच र अन्योलता सृजना गर्यो।

anjaliधेरै पछि जब उनी कलेज अध्ययनमा थिए, उनले आफ्नो हृदयले देखाएको मार्ग आपनाउने फैसला गरे। सन २००५ मा उनी काठमाडौँ आइन् र त्यसको ५ वर्षमा नबिन वाइबा अञ्जली बन्न पुगिन। गुगलमा अञ्जली लामा भनेर खोजिएमा, नेपालको प्रथम ट्रान्सजेण्डर मोडलू भनेर देखाइन्छ।

समाजले लादेको लैङ्गिकताको परिभाषा विरुद्धको संघर्ष गर्दै लामा अब आफ्नो पहिचानका बारे खुलेर बोल्न लजाउँदिनन। उनको तस्वीर नेपालका पत्रिकाहरूमा छापिन्छन। यही महिना उनलाई ल्याक मि फेसन वीक समरको पाँच मोडलहरू सँगै छानिएको हो। उनले यसका लागि प्रयास गरेको यो पहिलो पटक होइन।

सन २०१६ मा पनि उनले यसका लागि प्रयास गरेकी थिइन् तर सफल हुन सकिनन। प्रथम प्रयास सफल नहुँदा उनले युट्युबबाट अन्तर्राष्ट्रिय मोडेलहरूको भिडियो हेरी विभिन्न कुराहरू सिकेको वताइन । तसर्थ उनको यो प्रयास सफल भयो। उनी आफ्नो मिहिनेत गर्ने क्षमाता, कहिल्यै हार नमान्ने र आफूलाई हैसला दिने व्यक्तिहरू आसपास रहेने नै आफ्नो सफलताका कारण हो भन्छिन ।anjali-1

उनलाई विभिन्न पत्र पत्रिकाहरूले अन्र्तवार्त लिएका छन। उनले भनिन, ूहाम्रो गाउँमा मोडलिङ गर्नु त के सहर आउन नि गाह्रो पर्थ्यो। उनको घर परिवारका सबै सदस्यहरूबाट टाढा रहेकी उनी आज यसमा छनोट भए पश्चात परिवारसँग पनि सम्पर्क गरिन।

१०० जना प्रतिस्पर्धी सँग उनले प्रतिस्पर्धा गर्न मुम्बइ पुगिन । उनको सपना भनेको मनिषा मलहोत्रा सँग काम गर्नु हो भन्छिन, उनी एक मात्र डिजाइनस थिए जसको नाम मैले नेपालमा सुनेँ। म आसा गर्छु कि छिट्टै ब्राण्ड क्याम्पेनमा भाग लिन सकूँ। जब यस फेबुअरीमा उनी र्याम्पमा जान्छिन तब एउटा नयाँ इतिहास लेख्छिन।

ल्याक मि फेसन वीकमा छनौटन हुन सफल तेस्रोलिंगी पहिचान बनाएकी अञ्जलीलाई यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारको क्षेत्रमा कार्यरत नील हिरा समाजले बधाई दिएको छ । समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले अञ्जलीलाई अझ धेरै सफलताको शिखरमा पुग्ने शुभकामना दिएकी छन् । यो खुशीको कुरा हो, ढकालले भनिन्, अञ्जलीलाई बधाई एवं अझ धेरै सफलताको कामना छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.