राष्ट्रिय मिडियाले राष्ट्रिय चरित्र देखाउन समावेसी पनि हुनुपर्यो : बोर्णबहादुर कार्की

राष्ट्रिय मिडियाले राष्ट्रिय चरित्र देखाउन समावेसी पनि हुनुपर्यो : बोर्णबहादुर कार्की

काठमाडौं (पहिचान) पुष २० – नेपाल प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले राष्ट्रिय मिडियाले राष्ट्रिय चरित्र देखाउन समय अनुसार समावेसी हुँदै जानुपर्ने बताएका छन् । पहिचानसँगको कुराकानीमा अध्यक्ष कार्कीले तेस्रोलिंगीलाई संविधानले समावेसिताको क्लष्टरमा समावेस गरेको भन्दै अब मिडियाले पनि आफ्नो हाउसमा तेस्रोलिंगीलाई स्थान दिनुपर्ने बताए ।
borna-karki‘संविधानले समलिंगी तेस्रोलिंगीलाई लैंगिक तथा यौनिक अल्पसंख्यक भनेर समानता र समावेसी प्रतिनिधित्वको हक प्रदान गरेको छ,’ अध्यक्ष कार्कीले भने, ‘अब आफूले राष्ट्रिय भनेर दावी गर्ने कुनै संस्थाले यौनिक तथा लौंगिक अल्पसंख्यकसहित सबैलाई समावेस गर्न आवस्यक छ ।’ उनले समलिंगी तेस्रोलिंगी हुुनु प्राकृतिक कुरा भएको भन्दै त्यसलाई विभेदको माध्यम बनाउन नहुने बताए ।
‘संविधान र कानुनले केही पनि भनेको छैन भने पनि मानिस मानिसबीचको विभेद अमानवीय कुरा हो, त्यो कसैले पनि गर्नै हुँदैन,’ कार्कीले भने, ‘झन नेपालको संविधानले नैं समलिंगी तेस्रोलिंगीलाई समानताको हकसहित पहिचान र समावेसी अधिकारको हक प्रदान गरेपछि यो अनिवार्य सर्त भएर आयो ।’ कार्कीले मिडिया भनेको जहिलेपनि एक कदम अघि बढेर समाजलाई उदाहरण सिकाउने माध्यम भएको भन्दै मिडियाबाटै परिवर्तनको सुरुवात देखिनुपर्ने बताए ।
अध्यक्ष कार्कीले नेपाल प्रेस काउन्सिलले मिडिया आचारसंहिता तथा विशेष विषयहरुमा निर्देशिका समेत जारी गरेर संचारमाध्यमलाई गाइडलाइन दिने गरेको भन्दै महिला बालबालिका र अपांगताा भएकाहरुका विषयमा प्रयोग हुने भाषाका विषयमा गाइडलाइनका लागि निर्देशिका जारी गर्ने आवस्थामा रहेको बताए । ‘यौनिक तथा लौंगिक अल्पसंख्यकले पनि परामर्श गरे र आवस्यकता बोध गराउन सकेभने नेपाल प्रेस काउन्सिलले छुट्टै निर्देशिका जारी गर्नसक्छ’ कार्कीले भने ।
समाज परिवर्तनका लागि सबैभन्दा अघि परिवर्तनको आवस्यकताको वर्ग नै लाग्नुपर्ने भन्दै समस्या छन् भने जानकारी गराउन र अभियान संचालन गर्न समलिंगी तेस्रोलिंगी नैं अघि सर्नुपर्ने उनको भनाई थियो ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.