निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

समलिंगी तेस्रोलिंगीका विषय अब कोर्षमै राखेर विद्यार्थीलाई बुझाउनुपर्छ : बलदेव

समलिंगी तेस्रोलिंगीका विषय अब कोर्षमै राखेर विद्यार्थीलाई बुझाउनुपर्छ : बलदेव

998
SHARES

काठमाडौं (पहिचान) पुष २४ – नेपाल विद्यार्थी संघका पूर्वसहमहामन्त्री बलदेव तिमिल्सिनाले यौनिक तथा लैंगिक अल्पसंख्यक विद्यार्थीलाई शैक्षिक वातावण दिन विद्यालयतह देखि नै यौनकि तथा लौंगिक अल्पसंख्यकका विषय पढाउनुपर्ने बताएका छन् । पहिचानसँगको कुराकानीमा तिमिल्सिनाले विभेद भनेको पनि अशिक्षाकै कारण भएको भन्दै त्यसलाई हटाउन शिक्षा आवस्यक हुने बताए ।
‘हामीले शैक्षिक कोर्ष परविर्तनका कुरा लामो समय देखि राख्दै आएका छौं, त्यो परिवर्तन भनेको समाजका नयाँ आयामबारे जानकारी गराउने र विद्यार्थीालई स्थानीयतातर्फ आकर्षित गर्ने नै हो,’ तिमिल्सिनाले भने, ‘त्यसरी विद्यार्थीलाई पढाउन सकियो भने मानिस मानिसकाबीचमा हुने विभेद अन्त्य हुन्छ ।’ उनले शैक्षिक वातावरण निर्माण, समयानुकुल कोर्ष निर्माण र विद्यार्थीका सहजताका विषय अवको विद्यार्थी आन्दोलनको एजेण्डा हुने बताए ।
‘यौनिक तथा लैंगिक अल्पसंख्यक (समलिंगी तेस्रोलिंगी) का विषयमा नेपाल विद्यार्थी संघको यस अघि नै ध्यानाकर्षण भइसकेको छ,’ तिमिल्सिनाले भने, ‘त्यहि कारण हामीले महाधिवेशनमा समेत उहाँहरुलाई समेटेका छौं, विधानले समेत तेस्रोलिंगीलाई केन्द्रीय समितिससम्मको पहुँच खुल्ला गरेको छ।’ उनले नेविसंघमा यौनिक अल्पसंख्यकको राजनीतिक समायोजन भइसकेको भन्दै अब शैक्षिक वातावरण निर्माणमामा काम गर्नुपर्ने बताए ।

समाचार शेयर गर्नुहोस्
998
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.