तेस्रोलिंगी पुन माथि कुटपिट, गल्ती सुधार गर्ने प्रहरीको प्रतिवद्धता

तेस्रोलिंगी पुन माथि कुटपिट, गल्ती सुधार गर्ने प्रहरीको प्रतिवद्धता

रुपन्देही (पहिचान) पुष २४ – तेस्रोलिंगी सन्तु पुन माथि कुटपिट भएको छ । बुटवलमा जुनतारा रेष्टुरेन्ट एण्ड बार सञ्चालन गरिरहेका पुनमाथि वडा प्रहरी कार्यालय रामनगर बुटवलका इन्सपेक्टर मधु नेपालले कुटपिट गरेको नील हिरा समाजकी मानव अधिकार रक्षक आनिक रानाले जानकारी दिइन् ।

santu-policeगत बिहीबार राती साढे १० बजे रेष्टुरेन्ट बन्द गरेर बसिरहेको अवस्थामा रेष्टुरेन्ट सञ्चालक पुनमाथि कुटपिट भएपछि रानाले मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवल र इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी गरेकी थिइन । तेस्रोलिंगी माथि विभेदपूर्ण ढंगले प्रहरीले कुटपिट गरेको भन्दै उजुरी गरेपछि प्रहरीले सर्वपक्षीय छलफल डाकेको थियो ।

इलाका प्रहरी कार्यालय बुटवलमा आज आइतबार भएको छलफलका क्रममा वडा प्रहरी कार्यालय रामनगरका इन्सपेक्टर मधु नेपालले आगामी दिनमा तेस्रोलिंगीमाथि विभेदपूर्ण व्यवहार नगर्ने प्रतिवद्धता जनाए । इन्सपेक्टर नेपालले गल्ती सुधार गर्ने प्रतिवद्धता जनाएपछि दुई पक्षबीच मेलमिलाप भएको मानव अधिकार रक्षक रानाले जानकारी दिइन् ।
बुटवलबाट पत्रकार सी.पी.खनालको सहयोगमा

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.