सरकारको ध्यानाकर्षण गराउने कार्यक्रममा यौनिक अल्पसंख्यकको ऐक्यवद्धता

सरकारको ध्यानाकर्षण गराउने कार्यक्रममा यौनिक अल्पसंख्यकको ऐक्यवद्धता

रुक्साना कपाली/काठमाडौं (पहिचान) पुष २९ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सदस्यले देशभरका ७५ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रममा ऐक्यवद्धता जनाएका छन् । जनताका सरोकारका मुद्दाहरुमा सरकार उदासिन देखिएको भन्दै नयाँ शक्ति पार्टीले ज्ञापन पत्र मार्फत सरकारको ध्यानाकर्षण गराएको कार्यक्रममा समुदायका सदस्यले ऐक्यद्धता जनाएका हुन् ।

BDS CDOनयाँ शक्ति पार्टीले देशभरका ७५ वटै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पेश गरी सरकारको ध्यानाकर्षण गरेको हो । नयाँ शक्तिले राजनीतिक दलहरुको चरम सत्ता स्वार्थका कारण उत्पन्न दलिय झगडाले राष्ट्रिय पुर्ननिर्माण, संविधान कार्यान्वयन, राष्ट्रिय स्वाधिनता र जनजिविकाका विषयहरु ओझेलमा परेको आरोप लगाएको छ ।

ज्ञापनपत्रमा महंगी, बेरोजगारी, युवा पलायनलाई रोक्न र सामाजिक विकृतिको रुपमा रहेको छुवाछुत, जातिय भेदभाव, महिला हिंसा, बालश्रम शोषण आदी घट्नुको साटो झन बढेर गएको भन्दै यसतर्फ सरकारको उचित ध्यान पुग्न सकेको छैन भनिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौमा बुझाएको ज्ञापन पत्रमा यौनिक तथा लैंगिक अल्पसंख्यक पनि सहभागी भए ।

ज्ञापन पत्र बुझाउन नील हिरा समाज केन्द्रिय कार्यालय लगायत समाजका विभिन्न जिल्लामा रहेका शाखा कार्यालयमा रहेका समुदायका सदस्य सहभागी भएका थिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.