निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

नेपालका समलिंगी तेस्रोलिंगी अगाडी : आयोग

नेपालका समलिंगी तेस्रोलिंगी अगाडी : आयोग

641
SHARES

अम्बिका दाहाल/काठमाडौं (पहिचान) माघ १ – राष्ट्रिय मानव अधिकार आयोगकी अधिकृत रेगम महर्जनले दक्षिण एसियामा नेपाल समलिंगी तेस्रोलिंगीको अधिकारका क्षेत्रमा अगाडी रहेको बताएकी छन् ।
Regam Maharjan“यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय अधिकारका हिसावमा नेपालमा अगाडी छन,” रेगमले भनिन, “अरु देशका समलिंगी तेस्रोलिंगीले नेपालमा जति पनि अधिकार पाएका छैनन् ।”
केही दिन अघि श्रीलंकामा भएको एपीएफ वर्कशपमा सहभागी भएर फर्किएकी उनले भनिन, “वर्कसपमा सहभागी भएका विभिन्न देशका समलिंगी तेस्रोलिंगी मध्ये नेपालका यौनिक तथा लैंगिक अल्पसंख्यकको प्रस्तुती सशक्त थियो ।”
उनले भनिन, “नेपाल यस्तो देश हो जहा समलिंगी विवाहले छिट्टै मान्यता पाउँदैछ ।” महर्जनले राष्ट्रिय मानव अधिकार आयोगमा अल्पसंख्यक समुदायलाई हेर्ने फोकल पर्सन छुटाइएको भन्दै धेरै देशमा अझै यस्तो व्यवस्था नरहेको बताइन् ।
उनले अरु देशमा कुनै सार्वजनिक कार्यक्रममा सहभागी भए त्यहाको कानुनले सजाय दिने नियम रहेको भन्दै यस्तो हुनु निकै निन्दनीय भएको बताइन् ।
कार्यक्रम पहिचानसँगको कुराकानीका क्रममा उनले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको विषय संवेदनशिल विषय भएकाले यसमा अझ धेरै जनचेतना र जानकारी फैलाउन आवश्यक रहेको बताइन् ।

समाचार शेयर गर्नुहोस्
641
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.