निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

पहिचानका लागि जिन्दगीभर संघर्ष गर्नुपर्ने अवस्था छ : केकी अधिकारी

पहिचानका लागि जिन्दगीभर संघर्ष गर्नुपर्ने अवस्था छ : केकी अधिकारी

916
SHARES

काठमाडौं (पहिचान) माघ ३ – नायिका केकी अधिकारीले यौनिक तथा लैंगिक अल्पसंख्यकले जिन्दगीभरी आफ्नो पहिचानका लागि संघर्ष गर्नु पर्ने अवस्था रहनु दुर्भाग्य भएको बताएकी छन् । रेडियो कार्यक्रम पहिचानसँग कुरा गर्दै उनले आफ्नो पहिचानका लागि समलिंगी तेस्रोलिंगीले जिन्दगीभरी संघर्ष गरिरहनु पर्ने अवस्था रहनु दुःखद् भएको बताइन् ।
“चलचित्रमा सधैं भरी उहाँहरुलाई कमेडियनका रुपमा प्रस्तुत गरेको पाइन्छ, उहाँहरुको पनि हाम्रो जस्तै फिलिङस् हुन्छ, मन हुन्छ भन्ने बुझेको म देख्दिन,” नायिका अधिकारी भन्छिन्, “उहाँहरु जिन्दगीभर एक थोपा हाँसो र आफ्नो पहिचानका लागि संघर्ष गर्नुपर्छ । तर, यो भावनालाई बुझेको देखिँदैन ।”
समलिंगी तेस्रोलिंगीको भावनालाई सामान्य रुपमा लिन नसकेका कारण उनीहरुलाई सकारात्मक रुपमा प्रस्तुत गर्ने चलचित्र बन्न नसक्ने उनको भनाइ छ । “उनीहरुको पनि स्ट्रङ भावना हुनसक्छ भन्ने जबसम्म हामी बुझ्दैनौं, त्यो समयसम्म हामीले यस्ता खालका चलचित्र बनाउन सक्तैनौं ।”
समलिंगी तेस्रोलिंगी तथा अपांगता भएका व्यक्तिलाई आफैंले केही गर्न सक्तैन भनेर देखाउनु गलत भएको अधिकारीको धारणा छ । “हाम्रा कतिपय चलचित्र तथा टेलिसिरियलहरुले अपांगता भएका व्यक्तिलाई र समलिंगी तेस्रोलिंगीले केही गर्न सक्तैनन् भनेर देखाइरहेको छ, उनीहरुले जिन्दगीभर अर्काको साहारा लिनुपर्छ भन्ने देखाइन्छ । यो गलत परिपाटीको अन्त्य गर्नुपर्छ ।”
सबै नागरिक समान रहेकाले समलिंगी तेस्रोलिंगीलाई उनीहरुको फरक पहिचानकै कारण विभेद गर्नु पर्ने कुनै कारण नरहेको भन्दै उनको भनाइ छ ।
नायिका अधिकारी अभिनित चलचित्र लभ साशा अहिले अल नेपाल रिलिज भइरहेको छ ।

समाचार शेयर गर्नुहोस्
916
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.