निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

पहाड र भित्री मधेसका सात जिल्लामा तेस्रोलिंगीका कार्यालय

पहाड र भित्री मधेसका सात जिल्लामा तेस्रोलिंगीका कार्यालय

573
SHARES

काठमाडौं (पहिचान) माघ ४ – यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारको वकालत गर्दै आएको संस्था नील हिरा समाजको पहाड र भित्री मधेसका पाँच जिल्लामा शाखा विस्तार भएकोे छ । नेपाल सरकार एचाइभी एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको सहयोगमा समाजले शाखा विस्तार गरेको हो ।
समाजकी कार्याकारी निर्देशक मनिषा ढकालले समलिंगी तेस्रोलिंगीको यौन स्वास्थ्य, एचाइभी परिक्षण तथा सिफारिस र यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको अधिकारको वकालत गर्नेगरी शाखा खोलिएको बताइन् । उनले भनिन्, ‘शाखाहरुले एचआइभी टेस्ट, रिफर, यौनरोग नियन्त्रणका लागि जनचेतना तथा मानवअधिकारको वकालत गर्ने छन् ।’ उनले नेपाल सरकारको सहयोगमा एड्स तथा यौन रोग नियन्त्रणका लागि सचेतना, परिक्षण र सिफारिस भए पनि अन्य परियोजना मार्फत शाखाहरुले मानवअधिकारको काम पनि गर्ने बताइन् ।
‘अहिले खोलिएका केन्द्रहरु शाखाका रुपमा रहने छन् तर, विस्तारै उनीहरुको क्षमता विस्तार गरी स्वायत्त निकायका रुपमा विकसित हुने छन्’ ढकालले भनिन्, ‘अहिले सात महिनाका लागि एचाइभी एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको सहयोगमा स्थापना भएका हुन् तर यसको निरन्तरता नै हुने छ ।’ उनले तत्काल शाखाका रुपमा खोलिएका केन्द्रहरु विस्तारै स्वतन्त्ररुपमा संचालन हुने बताइन् । नयाँ शाखाहरु, तनहुँ, डोटी, सल्यान, उदयपुर र सिन्धुलीमा छन् । प्रत्येक शाखामा २१ जना कर्मचारी रहने छन् ।
‘अरु जिल्लामा शाखाहरु पहिले नै थिए, अहिले सरकारी सहयोगमा नै हाम्रो नयाँ जिल्लाहरुमा पहुँच विस्तार भएको छ ’ ढकालले भनिन्, ‘अब, त्यहाँ पनि जनचेतना जगाउन पाइन्छ, समलिंगी तेस्रो लिंगीको सशक्तीकरणको अभियानमा यो सरकारात्मक कुरा हो ।’

समाचार शेयर गर्नुहोस्
573
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.