तेस्रोलिंगी यादवलाई कुटपिट गर्ने माथि कारवाही गर्न माग

तेस्रोलिंगी यादवलाई कुटपिट गर्ने माथि कारवाही गर्न माग

बिनोद वि.सी/रुपन्देही (पहिचान) माघ ४ – तेस्रोलिंगी सुरेन्द्र यादव सलोनि माथि कुटपिट भएको छ । लुम्बिनी सास्कृतिक नगरपालिका कर्महवा बस्ने २३ बर्षका यादव माथि कुटपिट भएको हो । आफूलाई मर्जहवा बस्ने लक्ष्मण यादवले कुटपिट गरेको पीडित सुरेन्द्र यादव सलोनीले पहिचान अनालाइनलाई जानकारी दिए ।

Surendra Yadavकेहि दिन पहिला लक्ष्मण र सुरेन्द्र पाटनरको रुपमा संगै बस्दै आईरहेको र पछि लक्ष्मणले सुरेन्द्रलाई छक्का हिजडा जस्ता तमाम उपनाम दिएर गाली गरेर हातपात गरेको यादवले वताए । लक्ष्मणले आब बाटोमा भेटे मार्नेसम्मको धम्कि दिएको पीडित यादवको गुनासो छ ।

नील हिरा समाज भैरहवाको पहलमा राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रिय कार्यालय वुटवलमा न्याय पाउ भनेर निवेदन दिएको नील हिरा समाज भैरहवा शाखाकी मानव अधिकार रक्षक आनिक रानाले जानकारी दिइन ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.