विभिन्न जिल्लामा यौनिक तथा लैंगिक अल्पसंख्यक सम्पर्क समिति गठन

विभिन्न जिल्लामा यौनिक तथा लैंगिक अल्पसंख्यक सम्पर्क समिति गठन

काठमाडौं (पहिचान) माघ ७ – नयाँ शक्ति नेपाल पार्टीले देशका विभिन्न जिल्लामा यौनिक तथा लैंगिक अल्पसंख्यक सम्पर्क समिति गठन गरेको छ । पार्टीकी सचिवालय सदस्य एवं दलित तथा अल्पसंख्यक विभागकी संयोजक पिंकी गुरुङले कैलाली, बाँके र बर्दिया जिल्लामा यौनिक तथा लैंगिक अल्पसंख्यक सम्पर्क समिति गठन गरेकी हुन् ।

समितिले जिल्लामा समन्वय गरेर संगठन विस्तार गर्ने नील हिरा समाजकी अध्यक्ष समेत रहेकी संयोजक गुरुङले जानकारी दिइन । कैलालीमा आसिका चौधरी, बाँकेमा राजेन्द्र धोवो र बर्दियामा सपना चौधरीको संयोजकत्वमा नयाँ शक्ति नेपाल पार्टी अन्तरगत यौनिक तथा लैंगिक अल्पसंख्यक सम्पर्क समिति गठन भएको हो ।

समितिले अब बन्ने यौनिक तथा लैंगिक अल्पसंख्यक केन्द्रीय समितिसँग सम्पर्क गरेर समुदायका सदस्यको मानवअधिकार प्रति पार्टीलाई जिम्मेवार बनाउन भुमिका निर्वाह गर्ने समाजकी अध्यक्ष गुरुङले वताइन । समुदायको मानवअधिकारसँगै सामाजिक रुपान्तरणका पार्टीलाई समितिले योगदान दिनेछ । पार्टीले संरक्षकको भुमिका निर्वाह गर्ने अपेक्षा समुदायको छ ।

कैलाली, बाँके र बर्दियामा सम्पर्क समिति गठनमा समुदायका सदस्यको उत्साह पूर्वक सहभागिता रहेको गुरुङले वताइन । यसअघि रुपन्देही, कपिलबस्तु र नवलपरासीमा नयाँ शक्ति नेपाल पार्टी अन्तर्गतको यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको सम्पर्क समिति गठन भइसकेको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.