‘यौनिक अल्पसंख्यकहरु जिल्ला जिल्लामा नेविसंघमा आबद्ध हुन सक्छन’ सरोज थापा

‘यौनिक अल्पसंख्यकहरु जिल्ला जिल्लामा नेविसंघमा आबद्ध हुन सक्छन’ सरोज थापा

819
SHARES

काठमाडौं (पहिचान) माघ ९ – नेपाल विद्यार्थी संघका महामन्त्री सरोज थापाले यौनिक तथा लौंगिक अल्पसंख्यकलाई बैधानिक रुपमै सुनिश्चित गरिसकेकाले सबैलाई नेविसंघमा आवद्ध हुन आह््वान गरेका छन् । पहिचानसँगको कुराकानीमा महामन्त्री थापाले नेपाल विद्यार्थी संघले ११ औं महाधिवेशन देखि नै समावेसी अभ्यासमा समलिंगी तेस्रोलिंगीलाई समेटेको बताए ।

‘नेपाल विद्यार्थी संघले ११ औं महाधिवेशनमा नैं भक्ति शाह र शाहस बटालालाई महाधिवेशनमा प्रतिनिधि बनाएर सहभागि गराएको थियो,’ महामन्त्री थापाले भने, ‘विधानमा यौनिक तथा लैंगिक अल्पसंख्यकलाई र नियमावलीले अल्पसंख्यकहरुको प्रतिनिधित्व सुनिश्चित गरिसकेको छ ।’ थापाले समानुपातिक समावेसी प्रतिनिधित्वमा मात्र हैन खुल्ला प्रतिस्पर्धामा पनि आफूलाई अब्बल बनाउने गरी नेविसंघमा आवद्ध हुन यौनिक अल्पसंख्यक समुदायका विद्यार्थीहरुलाई आह्वान गरे ।

‘नेपाल विद्यार्थी संघ समलिंगी तेस्रोलिंगीलाई नेतृत्वमा पुर्याउन हैन उनीहरुका समस्या व्यवहारिक रुपमा समाधान गर्ने पक्षमा छ,’ थापाले भने, ‘त्यसका लागि यौनिक अल्पसंख्यकले नेविसंघमा जिल्ला जिल्लाबाट क्याम्पस क्याम्पसबाट सहभागिता जनाउँदै नेविसंघलाई आवस्यकता बोध गराउन सक्छन् ।’

उनले यौनिक अल्पसंख्यकसहित सबैलाई प्रतिनिधित्व गराउनेगरी त्रिभूवन विश्व विद्यालयसहित सबै क्याम्समा स्वतन्त्र विद्यार्थी युनियन चुनाव गराउन पनि नेविसंघले प्रस्ताव गररिहेको बताए । ‘अन्य संगठनहरुले विद्यार्थी चुनावको एजेण्डा बाहिर गएर गैर विद्यार्थीलाई प्रतिनिधित्व गराउने र संगठनको अस्तित्व बचाउन समानुपातिक चुनाव भनिरहेका छन् तर हामी समावेसी प्रतिनिधित्वका पक्षमा काम गरिरहेका छौं’ थापाले भने ।

समाचार शेयर गर्नुहोस्
819
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.