हामीले पनि तेस्रोलिंगी समेटेनौं भने कस्ले समेट्छ ? : नविना लामा

हामीले पनि तेस्रोलिंगी समेटेनौं भने कस्ले समेट्छ ? : नविना लामा

काठमाडौं (पहिचान) माघ १४ – अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनकी अध्यक्ष नविना लामाले अबको राजनीतिले सबैको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बताएकी छन् । पहिचानसँगको कुराकानीमा अध्यक्ष लामाले राजनीतिबाट समलिंगी तेस्रोलिंगी देखि महिला, मधेसी, आदिवासी जनजाति, दलित, पिछडीएको क्षेत्र, मुस्लिम सबैलाई राजनीतिक मुलधारमा समेटिनुपर्ने बताइन् ।
‘अनेरास्ववियुले पनि समलिंगी तेस्रोलिंगीलाई समेटेन भने अरु कस्ले समेट्ला ?’ लामाले भनिन्, ‘नेविसंघ र अनेरास्ववियु भनेका राष्ट्रिय पहिचान बनाएका संगठन हुन् यिनीहरुले राष्ट्रभित्र अस्तित्वमा रहेका सबैलाई समेट्नुपर्छ ।’ उनले समलिंगी तेस्रोलिंगीलाई त्रिभूवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन चुनावमा पनि समेटिने बताइन् ।
‘समलिंगी तेस्रोलिंगीहरुले पहिला त राजनीतिक रुपमा क्रियाशील हुनुपर्यो र आफूले चाहेको संगठनमा पहिचान बनाउनुपर्यो,’ लामाले भनिन्, ‘कुन कुन कलेजमा उहाँहरु हुनुहुन्छ, यदि उहाँहरु अनेरास्ववियुमा क्रियाशील हुनुहुन्छ भने हामी उहाँलाई उम्मेद्वार बनाउछौं र जिताउँन लाग्छौं अरु संगठनमा भए त्यही संगठन लाग्नुपर्यो ।’ उनले स्वतन्त्र विद्यार्थी युनियन चुनावलाई ‘मिनि पार्लियामेन्ट’ भन्दै स्वतन्त्र विद्यार्थी युनियन राष्ट्रिय राजनीतिको नैं जग भएको बताइन् ।
‘समलिंगी तेस्रोलिंगी जस्तै अरु समुदाय पनि राष्ट्रिय राजनीतिको मुलधारमा आउन चाहनुहुन्छ भने स्वतन्त्र विद्यार्थी युनियनमा आफूलाई अब्बल रुपमा प्रस्तुत गर्नुहोस र राजनीतिक संगठनमा आवद्ध भएर उनीहरुलाई उपयोग गर्नुहोस’ लामाले भनिन् ।
उनले आजको समाज भनेको खुल्ला र बैज्ञानिक समाज भएको भन्दै यहाँ कसैलाई पनि विभेद गर्ने र परंपरागत धारणाका आधारमा वर्गीकरण गर्ने अधिकार नभएको बताइन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.