देवानी र फौजदारी संहिता यौनिक तथा लैंगिक अल्पसंख्यक मैत्री बनाउन माग

देवानी र फौजदारी संहिता यौनिक तथा लैंगिक अल्पसंख्यक मैत्री बनाउन माग

ललितपुर (पहिचान) माघ २१ – अधिकारकर्मीहरुले देवानी र फौजदारी संहिता यौनिक तथा लैंगिक अल्पसंख्यक मैत्री बनाउन माग गरेका छन् । ओरेक नेपालले देवानी र फौजदारी संहितामा रहेका विभेदकारी व्यवस्था संसोधनका बिषयमा सरोकारवालसँग गरेको छलफलमा समलिंगी तेस्रोलिंगी माथि विभेद हुने व्यवस्था संसोधन गर्नु पर्नेमा अधिकारर्कीहरुले जोड दिएका हुन् ।

नील हिरा समाजका इशान रेग्मी र रुक्शना कपालीले विवाह पुरुष र महिलाबीच मात्रै नभई दुई व्यक्तिबीच हुनु पर्ने, पती पत्नी नभई दम्पत्ती हुनुपर्ने र छोरा छोरी नभई सन्तान शब्द देवानी र फौजदारी संहितामा लेखिनु पर्ने माग गरे । छलफलमा सहभागी अधिकारकर्मीहरुले समलिंगी तेस्रोलिंगीको मुद्धा एक्लो समुदायले मात्रै नभई सबैले सामुहिक रुपमा उठाउनु पर्ने वताए ।

कुनै एक समुदायको अधिकार त्यही एक्लो समुदायले मात्रै उठान गरेर मात्रै पुग्दैन अधिकारकर्मीहरुले भने, सबै समुदायको मुद्धा सबै समुदायले आफ्नो साझा मुद्धा हो भनेर उठान गर्दा अधिकार प्राप्तिमा सहज हुन्छ । उनीहरुले देवानी र फौजदारी संहितामा रहेका विभेदकारी व्यवस्था खारेज गर्न माग गर्दै माघ २३ गते आइतवार माइतीघर मण्डलामा भेला हुन आग्रह समेत गरेका छन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.