निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

सिविओहरुले मागे पत्रकारितासम्बन्धि तालिम र रेडियोको पहुँच ‘पत्रकारिता तालिम दिए समस्याको उठान र एथार्थ टिप्पणी गर्न सहज हुन्छ’

सिविओहरुले मागे पत्रकारितासम्बन्धि तालिम र रेडियोको पहुँच ‘पत्रकारिता तालिम दिए समस्याको उठान र एथार्थ टिप्पणी गर्न सहज हुन्छ’

626
SHARES

काठमाडौं (पहिचान) माघ २२ – नील हिरा समाजले देशभरका समुदायमा आधारिता संस्था सिविओजको भेला सम्पन्न गरेको छ । भेलामा आएका देशभरका सिविओका प्रतिनिधिहरुले समुदायका सबै गतिविधि अरुले फलो नगरिदिने भन्दै प्रत्येक जिल्लामा कम्तिमा दुइजनालाई पत्रकारिता तालिम संचालन गर्न माग गरेका हुन् ।
‘हामी मानव अधिकार देखि पत्रकारितासम्मका जिम्मेवारी आफै सम्हालिरहेका छौं,’ रुपन्देहिका आनिक रानामगरले भनिन, ‘त्यसरी जिम्मेवारी सम्हाल्दा हामीबाट धेरै कमी कमजोरी भइरहेका छन्, त्यसैले पत्रकारिता तालिम भए हामीलाई सहज हुन्थ्यो ।’ उनले पश्चिमाञ्चल क्षेत्रमा एउटा मात्र रेडियोमा कार्यक्रम पहिचान बज्नेगरेको भन्दै त्यसलाई प्रत्येक जिल्लामा पुर्याउनुपर्ने बताए ।
पूर्वाञ्चलको रिपोर्ट प्रस्तुत गर्दै चञ्चला शुव्वाले ह्युमन रिसोर्स पोलेसी र रणनीतिक योजना पनि आवस्यक हुने बताइन । ‘डोनरका लागि डकुमेन्ट एकदमै महत्वपूर्ण हँुन्छ,’ चञ्चलाले भनिन, ‘त्यसबाहेक सबै सिविओजमा कार्यक्रम गर्नुपर्यो जसले गर्दा आर्थिक समस्या आउने समस्या नहोस ।’ उनले समुदायका सदस्यहरुलाई सीपमुलक तालिमको व्यवस्था गर्नुपर्ने भन्दै त्यसो गरे समुदायहरुले उदाहरणीय काम गने र सक्षम बन्नसक्ने बताए ।
मध्यामाञ्चलको तर्फबाट प्रस्तुती दिदै देव श्रेष्ठले पनि समुदायका लागि मिडिया तालिम आवस्यक हुने बताए । उनले भने, ‘समुदायका सदस्यहरुमा आत्मविश्वास भर्न र भएका समस्याहरुको एथार्थ जानकारी दिन पनि मिडिया तालिम आवस्यक हुन्छ ।’
श्रेष्ठले कतिपय सिविओजमा विधान नभएको, प्रशासनले समलिंगी शब्द हटाउन भनेका कारण कतै दर्ता नै अवरुद्ध भएको तथा अन्य नीतिहरु पनि नभएको बताए । ‘ह्युमन राइट र केयर एण्ड सर्पोट कार्यक्रम छन् तर कतिपय ठाउँमा कार्यक्रमका परियोजना दर्र्ता छैनन्,’ श्रेष्ठले भने, ‘रिन्यु गर्ने कर्मचारी छैनन् भने आफ्नै तवरबाट नैं अफिस संचालन भइरहेको छ ।’

समाचार शेयर गर्नुहोस्
626
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.