पहिलो पटक तेस्रोलिंगीहरूले बिहार बोर्ड परीक्षा दिने

पहिलो पटक तेस्रोलिंगीहरूले बिहार बोर्ड परीक्षा दिने

भारत (पहिचान) माघ २३ – यो भ्यालेन्टाइन डे तेस्रोलिंगीहरूका लगि पनि विशेष हुनेछ । यही फेबु्रअरी १४ मा पहिलो पटक १० जना तेस्रोलिंगीहरूले भारतको बिहार बोर्डबाट लैंगिक पहिचान खुलाएर कक्षा १२ को परीक्षा दिने भएका छन । यसै गरी ८ जना तेस्रोलिंगीहरूले मार्च १ देखि ८ सम्म बिहार बोर्डको कक्षा १० का लागि आवेदन फारम दिएका छन ।

यो अगाडी भने बिहार बोर्डले लिंगको महलमा “महिला“ र “पुरुष“ मात्र राखेर “अन्य“ भनेर उल्लेख गर्न दिँदैनथ्यो । तर अब माध्यमिक शिक्षा केन्द्रिय परिषदले लिंगको महलमा “अन्य“ उल्लेख गर्न पाउने व्यवस्था ल्याएको छ । ३० लाख भन्दा बढी विद्यार्थीहरूले परीक्षा दिने बिहार बोर्डले जनाएको छ । संख्यात्मक रूपम तेस्रोलिंगीको परीक्षामा सहभागिता धेरै नभए पनि, यो सही मार्ग दिशा तर्फ गएको छ भनेर तेस्रोलिंगीका संस्था दोस्ताना सफरका सचिव रेश्मा प्रसादले भनेका छन ।

“हामी बिहार बोर्डको यस प्रावधानलाई स्वागत गर्छौँ । सरकारले तेस्रोलिंगीका लागि आवसीय विद्यालय संचालन गर्नुपर्छ, महिला र बालबालिकाहरू सरह । आफ्नो लैंगिक पहिचान खुलाएर फारम भर्न सक्ने पहल पहिलो हो तर अन्तिम भने हुनुहुन्न ।“, उनले थपिन् ।

बिहार बोर्डका अध्यक्ष आनन्द किशोरले भने, “हामी परीक्षाका लागि फारम भरेका तेस्रोलिंगीहरूको संख्या मापन गर्न खोज्दै छौं । हाम्रो कार्यालयले फारम भर्ने ती हरेकलाई व्यक्तिगत रूपमा बोलाएर कुराकानी पनि गरेको छ । हामी सबैलाइ समान अवसर दिन चाहन्छौँ । तेस्रोलिंगीहरुले पनि अरु सँगै परीक्षा दिन पाउनेछन् ।“ किशोर भन्छन । परिक्षार्थीको संख्या पोहोर भन्दा बढेको छ ।

यो समाचार हामीले  http://www.ashesh.com.np/ बाट लिएका हौ । 

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.