सशक्त हुँदै यौनिक तथा लैंगिक अल्पसंख्यक : योजना निर्माणमा पनि समलिंगी तेस्रोलिंगीको सहभागिता माग

सशक्त हुँदै यौनिक तथा लैंगिक अल्पसंख्यक : योजना निर्माणमा पनि समलिंगी तेस्रोलिंगीको सहभागिता माग

राज चौधरी/कैलाली (पहिचान) माघ २४ – कैलालीका यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले जिल्लाको योजना तर्जुमा गर्दा समलिंगी तेस्रोलिंगीलाई पनि समावेस गर्न माग गरेका छन् । धनगढीमा भएको इलाकास्तरीय गोष्ठीमा सहभागि यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले समलिंगी तेस्रोलिंगीलाई जिल्लाको योजना निर्माणमा सहभागि गराइ लैंगिक मैत्री योजना निर्माणका लागि माग गरेका हुन् । जिल्ला विकास समिति कार्यालाय धनगढीले आर्थिक बर्ष २०७४/०७५ को लागि गाविस, नगरपालिका र उपामहानगरपालिकाबाट ५ क्षेत्रका योजना छनोट गरेको थियो । योजना भित्र समलिंगी तेस्रोलिंगीलाई पनि समावेश गरिएको यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा काम गर्दै आएका लता चौधरीले जानकारी दिए ।
आर्थिक बर्ष २०७४/०७५ को इलाकास्तरीय योजना तर्जुमा गोष्ठीमा समलिंगी तेस्रोलिंगीले आफ्ना मागहरु राखेका थिए । सामाजिक विकास अन्तर्गत यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई लक्षित गरी आयआर्जन तथा सचेतीकरण कार्यक्रम संचालन गनुपर्ने सहभागिहरुले बताए ।
उनीहरुले त्यसबाहेक ‘यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि सुरक्षा आवास तथा जग्गाको व्यवस्था गर्न’, ‘यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको लागि छात्रवृद्वि कार्यक्रम संचालन गर्न’, ‘गाविस, नगरपालिका र उपामहानगरपालिकाका प्रत्येक वडामा समलिंगी तेस्रोलिंगीको बारेमा जनचेमुलक कार्यक्रम संचालन गर्न’ र ‘स्वास्थ्य क्षेत्रमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि निशुल्क स्वास्थ्य सेवा संचालन गर्न’ माग गरेका छन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.