पोखरामा दुई सयमा परिक्षण गर्दा तीन जनामा एचआइभी पोजेटीभ

पोखरामा दुई सयमा परिक्षण गर्दा तीन जनामा एचआइभी पोजेटीभ

749
SHARES

विपना पनेरु/कास्की (पहिचान) माघ २८ – पोखरामा एचआइभी परिक्षणमा सहभागी २ सय जना यौनिक तथा लैंगिक अल्पसख्यक मध्ये तीन जनामा एचआइभी पोजेटीभ भेटिएको छ । नौलो विहानी पोखराले गत डिसेम्बर देखि संचालन गरेका आठ हप्ताका परिक्षण शिविरमा यस्तो भेटिएको हो ।
’करिव २०० जनामा रक्त परिक्षण गर्दा तीनजनामा एचआइभी पोजेटिभ भेटिएको छ,’ नौलो बिहानी पोखराका कार्यक्रम संयोजक राजु थकालीले भने, ’नौलो विहानीले संभावित क्षेत्रहरु हेरेर गरिएको परिक्षणमा यस्तो भेटिएको हो ।’ गत डिसेम्बर देखि हरेक हप्ता एचआइभी परिक्षण क्याम्प संचालन सुरु गरेको कार्यक्रम संयोजक थकालीले बताए ।
यौनिक तथा लैंगिक अल्पसंख्यकको संस्था नौलो विहानी पोखराले लिंकेज नेपालको सहयोगमा पोखराका विभिन्न ठाउँमा एचआईभी न्यूनीकरण तथा रोकथाम कार्यक्रम हप्तैपिच्छे संचालन गर्दै आएको छ । ’बढि सम्भावना भएका क्षेत्र ’हस्पोट एरिया’मा मोबाईल हेल्थ क्याम्पमा समलिंगी पुरुष र तेस्रोलिंगी महिलालाई एचआईभी सम्बन्धि शिक्षा तथा एचआईभी परिक्षण सेवा दिदै आएका छौ’ थकालीले भने ।
नौलो विहानी पोखराले एचआइभी रोग नभएर संक्रमण मात्र भएको भन्दै क्याम्पमा त्यसलाई बुझाउनका लागि परामर्श तथा एचआइभी परिक्षण गर्दै आएको छ।
’एच्आइभी पोजेटिभ छ भन्दैमा मानिस त्राशले मरेतुल्य हुन्छ,’ थकालीले भने, ’त्यसैले जनमानसमा रहेको यस्तो सोचमा परिवर्तन गर्दै एचआइभी एकप्रकारको संक्रमण मात्र हो र यसको नियन्त्रण सम्भव छ भनेर मानिसमा आसा जगाउन हामीले अभियान चलाएका हौ ।’

समाचार शेयर गर्नुहोस्
749
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.