निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

एचआइभी संक्रमण हुन नदिन प्रभावकारी कार्यक्रम संचालन गर्न निर्देशन

एचआइभी संक्रमण हुन नदिन प्रभावकारी कार्यक्रम संचालन गर्न निर्देशन

639
SHARES

काठमाडौं (पहिचान) फागुन ३ – नील हिरा समाजले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई एचआइभी एड्सको संक्रमण हुन नदिने गरी प्रभावकारी कार्यक्रम संचालन गर्न निर्देशन दिएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियण्त्रण केन्द्रको सहयोगमा देशका १० जिल्लामा संचालित एचआइभी परिक्षण र उपचार सेवाबारेको प्रशिक्षणमा समाजले प्रभावकारी कार्यक्रम संचालन गर्न निर्देशन दिएको हो ।

समाजकी अध्यक्ष पिंकी गुरुङले असुरक्षित यौन सम्पर्क नगर्न र अनिवार्य कण्डमको प्रयोग गर्ने चेतना दिने काम प्रभावकारी हुनु पर्ने वताइन । ‘असुरक्षित यौन सम्पर्क गर्ने वित्तिकै एचआइभी देखिदैन, त्यसवेला रोगसँग लड्न सक्ने शक्ति छ कि छैन भनेर परिक्षण गर्नु पर्छ अध्यक्ष गुरुङले भनिन, असुरक्षित यौन सम्पर्क गरेको ६ हप्ता पछि मात्रै लक्षण देख्न सकिन्छ ।’

उनले महिला र पुरुषमा भन्दा समलिंगी तेस्रोलिंगीमा एचआइभी संक्रमणको जोखिम धेरै हुने भएकाले सचेतना अपनाउनु पर्नेमा जोड दिइन । ‘एचआइभीको क्षेत्रमा काम गर्ने समुदायका सदस्यलाई गुरुङले भनिन, एचआइभीकोबारेमा जानकारी दिन सकेनौ भने व्यक्तिको जीवन बर्बाद हुन्छ त्यसैले धेरै भन्दा धेरै जानकारी दिएर व्यक्तिको जीवन जोगाउनु पर्छ ।’ उनले यौन रोग र एचआइभीको जोखिमलाई शुन्यमा झार्ने उद्धेश्य पूरा हुने गरी काम गर्न समुदायका सदस्यलाई निर्देशन समेत दिइन ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियण्त्रण केन्द्रको सहयोगमा देशका १० जिल्लामा एचआइभी एड्सको जनचेतना, परिक्षण र उपचार सेवा संचालन भइरहेको कार्यक्रम व्यवस्थापक दुर्गा थापाले जानकारी दिइन । थापाका अनुसार काठमाडौं, धनुषा, सप्तरी, मोरङ, पर्सा, डोटी, सल्यान, सिन्धुली, उदयपुर र तनहुँमा केन्द्रको सहयोगमा इन्डक्सन प्रोग्राम संचालन छ ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा एचआइभी एड्सको जनचेतना, परिक्षण र उपचारको कार्यक्रम गर्नका लागि राष्ट्रिय एड्स तथा यौन रोग नियण्त्रण केन्द्रबाट समयमै बजेट निकासा हुने तथा कार्यक्रम बीचमा रोक्नु पर्ने अबस्था नआउने नील हिरा समाजकी लेखा अधिकृत रजनी गोर्खालीको बिश्वास छ । देशका १० जिल्लामा एचआइभी एड्स रोकथाम, परिक्षण र उपचार सेवामा खटिएका समुदायका सदस्यलाई समाजले दुई दिने प्रशिक्षण एवं परियोजनाबारे काठमाडौं बोलाएर जानकारी दिएको हो ।

समाचार शेयर गर्नुहोस्
639
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.