विपना पनेरु/कास्की (पहिचान) फागुन ५ – पोखरामा एक तेस्रोलिंगी महिलालाई गंगा पुनले कुटपिट गरी घाइते बनाएकी छन् । निर्माया दोहोरी साँझमा बसिरहेका बेला भलिबल खेलाडी समेत रहेकी गंगाले तेस्रोलिंगी महिला श्रेया थापालाई अपशब्द प्रयोग गर्दै हेल्मेटले हानेर घाइते बनाएकी हुन् । माघ २८ गते राती ९ बजे हिजडा छक्का जस्ता अपशब्द प्रयोग गर्दै गंगाले थापा माथी हेल्मेट प्रहार गरेकी थिइन् । हेल्मेट सँगै बियरको बोत्तलले लागेर श्रेयाको शरीरका विभिन्न भागमा चोट लागेको छ ।
स्वास्थ्य सम्बन्धि सेवा र सूचना संकलनका लागि थापा दोहोरी पुगेकी थिइन् । घाइते थापालाई अप्रेशन नै गराउनु परेपछि उनले प्रहरीमा उजुरी गरेकी थिइन् ।
प्रहरीले गंगासँग थापाको उपचारका लागि २५ हजार रुपैयाँ क्षतीपूर्ति समेत दिलाइदिएको छ । थापाको अप्रेसन फिस्टेल हस्पिटलमा गराइएको छ ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.