निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

दीपेन्द्र र पूर्णिमाको जोडी लगनगाठो कस्ने तयारीमा

दीपेन्द्र र पूर्णिमाको जोडी लगनगाठो कस्ने तयारीमा

976
SHARES

काठमाडौं (पहिचान) फागुन ५ – दीपेन्द्र (नाम परिवर्त) र पूर्णिमा श्रेष्ठको माया बस्न थालेको ७ बर्ष भयो । दुवैको माया यतिसम्म झाङ्गिएको छ कि अब उनीहरु एक अर्का विना दिन कटाउन सक्दैनन् । पूर्णिमा तेस्रोलिंगी महिला हुन् भने दीपेन्द्र आफुलाई समलिंगी पुरुष हुँ भन्छन् । विरगंजका दीपेन्द्रले पूर्णिमालाई पहिलो प्रेम प्रस्ताव राखेका हुन् ।

नील हिरा समाजको बारामा कार्यरत पूर्णिमालाई सुरुमा दीपेन्द्रले यति लामो समयसम्म माया गरिरहनुहुन्छ भन्ने पत्यार लागेको थिएन । पूर्णिमाको त्यो शंका शंकामै रहने गरी दीपेन्द्रले अटुट माया गरिराखे । अव उनीहरु दुवैलाई घरजम गरेर बस्ने चटारो छ । देख्दा महिला र पुरुष जस्तै देखिएपनि जन्मदाँ दुवै पुरुष नै भएर जन्मेका हुन् ।

पूर्णिमा हुर्कदै बढ्दै जादाँ महिला स्वभाव र गेटअपमा देखिन्छिन भने दीपेन्द्र पुरुष देखिन्छन । माया भनेको मनबाटै हुन्छ नि दीपेन्द्रले भने, पूर्णिमालाई छोड्नै मन मान्दैन । दुवै जना छिटै लगनगाठो कस्ने तयारीमा समेत छन् । उनले घरबाट विवाहका लागि केटीसँग विवाह गर्न दवाव आइरहेकाले आफु काठमाडौं आएर बसेको सुनाए ।

“विवाह दर्ता गरेर कानुनी मान्यता सहित बस्न चाहन्छौ दीपेन्द्रले भने, हाम्रो विवाहलाई मान्यता दिने गरी सरकारले छिटो कानुन बनाओस ।” पूर्णिमा पनि समलिंगी विवाहको कानुन पर्खेर बसेको वताउँछिन् । “हामी विवाह गरेर समाजमा अरु वैवाहकि महिला पुरुष सरह निर्धक्क जीवन निर्वाह गर्न चाहन्छौ पहिचान अनलाइनसँग पूर्णिमाले भनिन्, त्यसका लागि सरकारले छिटो कानुन वनाइदिनु पर्यो ।”

उनीहरु दुवै धर्म सन्तान राख्ने निष्कर्षमा समेत पुगिसकेका छन् । मलाई केटी मन नै पर्दैन दीपेन्द्रले भने, म पूर्णिमासँग विवाह गर्छु । हामी सन्तानको रुपमा धर्म सन्तान राख्छौ । उनीहरुले महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमा समलिंगी विवाहको कानुन बनाउन भइरहेको छलफलबाट केही आशा भने लागेको सुनाए । सरकारले समलिंगी विवाहको कानुन नबनाउँदा सयौ समलिंगी जोडी लुकिछिपी सम्बन्ध राख्न बाध्य भइरहेका छन् ।

समाचार शेयर गर्नुहोस्
976
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.