यौनकर्मी तेस्रोलिंगीको सख्ंया मात्रै २४ हजार १ सय ८५

यौनकर्मी तेस्रोलिंगीको सख्ंया मात्रै २४ हजार १ सय ८५

काठमाडौं (पहिचान) फागुन ६ – नेपालमा पछिल्लो ६ बर्षमा समलिंगी तेस्रोलिंगी यौनकर्मीको संख्या बढेको छ विभिन्न दातृ निकायको सहयोगमा हालै गरेको एक अध्ययनले यौनकर्मी महिलासँगै समलिंगी तेस्रोलिंगी यौनकर्मीको संख्या बढेको दावी गरिएको छ ।

प्रतिवेदनले यौनकर्मी समलिंगी पुरुषको संख्या १ लाख ११ हजार ८ सय ५२ जना र २४ हजार १ सय ८५ जना तेस्रोलिंगी यौनकर्मी रहेको देखाएको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका सूचना अधिकारी विरबहादुर रावलले जानकारी दिए । प्रतिवेदनमा महिला यौनकर्मी, तेस्रोलिंगी, पुरुष यौनकर्मी र समलिंगीहरुको संख्या बढेकोे उल्लेख गरिएको छ ।

देशका विभिन्न ४४ जिल्लामा गरिएको अध्ययन प्रतिवेदनले महिला, पुरुष तथा समलिंगी तेस्रोलिंगीहरु एचआइभी संक्रमणको उच्च जोखिममा रहेको समेत देखाएको छ । अध्ययन प्रतिवेदनमा सबैभन्दा धेरै यौनकर्मी महिला, पुरुष, समलिंगी तेस्रोलिंगी, सुइद्वारा लागुऔषध लिने व्यक्ति लगायतको समूह काठमाडौंमा रहेको देखाइएको छ ।

काठमाडौंपछि भक्तपुर, ललितपुर, कास्की, रुपन्देही, बाँकेलगायतका जिल्लाहरुमा उनीहरुको संख्या बढी रहेको उल्लेख छ । केन्द्रले ६ वर्षमा यौनकर्मीको संख्या धेरै बढेको पाइएकाले यस विषयमा पुन अध्ययन गर्नुपर्ने बताएको छ ।

तस्विर : इन्टरनेट

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.