कैलालीको हसुलियामा तेस्रोलिंगी हेयर कटिङ सेन्टर संचालनमा

कैलालीको हसुलियामा तेस्रोलिंगी हेयर कटिङ सेन्टर संचालनमा

राज चौधरी/कैलाली (पहिचान) फागुन ११ – कैलाली हसुलियाकी तेस्रोलिंगी राजकुमारी चौधरीले हेयर कटिङ सेन्टर संचालन गरेका छन् । कपाल काटेर चौधरीले आफ्नो दैनिक गुजारा चलाउँदै आएकी छन् । कक्षा १० सम्म अध्ययन गरेकी चौधरीले हेयर कटिङ (कपाल काट्ने) तालिम लिएर हसुलियामा आफ्नै लगानीमा शैलुन खोलेका हुन् ।
उनी शैलुनमा विहान देखि बेलुकासम्म व्यस्त हुने गरेकी छन् । जन्मिदा छोरी भएर जन्मे पनि कहिल्यै छोरीको अनुभुति महसुस नगरेको वताउने चौधरी अहिले छोराको गेटअपमा प्रस्तुत हुन्छन् । कान्छी छोरीको रुपमा जन्मेका चौधरीले महिला पुरुष भन्दा फरक पहिचान भएकै कारण घर परिवार समाजमा हिड्डुल गर्न समेत समस्या रहेको वताए ।
घर, परिवार, समाजलाई चुनौती दिदै आफ्नो जीवन गुजारा चलाउन यो व्यवसाय गरिरहेको चौधरीले वताए । सानै देखि आफुलाई अरु भन्दा फरक लाग्थ्यो चौधरीले भनिन्, मेरो आकर्षण केटी साथि तिर नै हुन थाल्यो र अहिले आफुलाई तेस्रोलिंगी भनेर पहिचान दिएको छु ।
चौधरीले आफ्नो सम्बन्ध एउटी केटीसंग भएपछि परिवार समाजले कुरा काट्ने, मानसिक यातना दिने, घृणा गर्ने गरेको दुखेसो पोखे । उनले दुवै जनालाई समाजमा स्थापित हुन समस्या परिरहेको वताए । गाउँको एउटा विकट ठाउमा समलिंगी तेस्रोलिंगिको बारेमा जानकारी नहुदा यहाँका मानिसले अनौठो रुपले हेर्ने र जिस्काउने गरेको उनको गुनासो छ । चौधरीले आफुले संचालन गरेको जेस हेयर कटिङ्गमा कतिपय मान्छे केटीसंग के कपाल कटाउने भनेर नआउने र कतिपय मान्छे कुनै संकोच नमानी आईरहेका व्यवसाय राम्रोसँग चलिरहेको वताए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.