पहिचान अनुसारको नागरिकता नपाउँदा राज्यको सेवा सुविधाबाट बञ्चित

पहिचान अनुसारको नागरिकता नपाउँदा राज्यको सेवा सुविधाबाट बञ्चित

राज चौधरी/कैलाली (पहिचान) फागुन १५ – संविधानमा व्यवस्था भए अनुसार लैंगिक पहिचान अनुसारको नागरिकता नपाउँदा अधिकांश तेस्रोलिंगीले आफूहरु राज्यको सेवा सुविधाबाट बञ्चित रहेको वताएका छन् । महिला कानुन र विकास मञ्चले धनगढीमा आयोजन गरेको नागरिक अधिकार सम्बन्धी जिल्ला सम्मेलन तथा नागरिक समाजको भुमिका विषयक कार्यक्रममा समलिंगी तेस्रोलिंगीलाई पहिचान अनुसारको नागरिकता लिन समस्या रहेको अधिवक्ता लुमासिंह विश्वकर्माले वताए ।

यो समुदायलाई नागरिकता लिन डक्टारको रिर्पोट समेत माग्ने गरेको अधिवक्ता विश्वकर्माले वताए । नागरिकता सम्बन्धी हकमा सबै नेपाली नागरिकले नागरिकता पाउनु पर्छ भनेर लेखे पनि नागरिकता जस्तो महात्वपुर्ण प्रमाणबाट मान्छेहरु वञ्चित रहेको उनको भनाई छ ।
समलिंगी तेस्रोलिंगी समुदायको व्यक्ति पनि छन् यो समुदाय नागरिकता पाउनबाट बञ्चित रहनु परेको छ राष्ट्रिय मानव अधिकार आयोगका मोहन सिंह जोशीले भने, नागरिकता नहुदा सम्पत्तिबाट समेत बञ्चित हुनु परेको छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.