अनलाईन पत्रकार संघको अध्यक्षमा सत्याल विजयी, पहिचान सहकर्मी दाहाल केन्द्रीय र नेपाली प्रदेश पार्षदमा निर्विरोध निर्वाचित

अनलाईन पत्रकार संघको अध्यक्षमा सत्याल विजयी, पहिचान सहकर्मी दाहाल केन्द्रीय र नेपाली प्रदेश पार्षदमा निर्विरोध निर्वाचित

काठमाडौं (पहिचान) फागुन १५ – अनलाइन पत्रकार संघको अध्यक्षमा क्लिकमान्डु डट कमका सम्पादक शिव सत्याल विजयी भएका छन् । संघको पाँचौ अधिवेशनबाट सत्याल अध्यक्षमा निर्वाचिक भएका हुन् ।
यस्तै संघको उपाध्यक्षमा सेतोपाटी डटकमका चन्द्र काफ्ले, सचिवमा कपन अनलाइनका केशव पाठक र कोषाध्यक्ष सहकारी डटकमका डिल्ली सापकोटा निर्विरोध निर्वाचिक भए ।
यसैगरी केन्द्रीय पार्षदमा महिलातर्फबाट पहिचान सहकर्मी अम्विका दाहाल, सावित्रा घिमिरे र प्रदेश पार्षदमा गौरी नेपाली निर्विरोध निर्वाचत भए । खुल्ला केन्द्रीय पार्षदमा केपी ढुंगाना, पुष्प दुलाल, अजयबाबु शिवाकोटी, रामप्रसाद दाहाल, कुबेर चालिसे, प्रवेश सुवेदी, माधव चौलागाईं, प्रकाश ढुङ्गाना र दिनेश बस्नेत निर्वाचित भएका छन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.