जनकपुरमा रेडियो कार्यक्रम पहिचानको पर्खाइमा चन्द्राकान्ता

जनकपुरमा रेडियो कार्यक्रम पहिचानको पर्खाइमा चन्द्राकान्ता

प्रदीपकुमार यादव/पहिचान – जनकपुरका चन्द्रकान्ता आफ्नो तेस्रोलिंगी पहिचान देखाएकै कारण घरबाट निकालिइन् । पहिले आफ्नो पहिचान के हो भनेर थाहा नपाएर आफैसँगको द्वन्द्वमा फसेकी चन्द्रकान्ता रेडियो कार्यक्रम पहिचान सुनेपछि आफूसँगको द्वन्द्वबाट बाहिर निस्कन सफल भइन् ।
आफूसँगको द्वन्द्व समाधान गर्न सफल भएकी चन्द्रकान्त परिवासँगको द्वन्द्वमा भने पराजित भइन् र घरबाट नै निकालिन पुगिन् । घरबाट निकालिएपछि उनको चित्त बुझाउने माध्यम बनेको थियो नील हिरा समाजको उत्पादन र पहिचान मिडियाको प्रस्तुती रेडियो कार्यक्रम पहिचान । तर जव पहिचान कार्यक्रम पनि जनकपुर क्षेत्रमा सुनिन छोड्यो त्यसपछि भने उनलाई साह्रै नराम्रो अनुभूति भएको छ ।
पहिचान खुुलाउने वित्तिकै घरबाट निकालिएकी चन्दाकान्ता अहिले भने उनै बाबु आमाको समपना पुरा गर्न कस्सिएर लागेकी छन् ।
प्रस्तुत छ चन्द्रकान्ताको परिचय अनी अनुभूति उनकै शब्दमा
म चन्द्रकान्ता मेरो आमा वुवाले मेरो नाम चन्द्रदेव राउत राखेका थिए । अहिले कार्यक्रम पहिचान सुनेर मेरो नाम चन्द्रकान्ता जनकपुरमा फेमस भएको छ । कार्यक्रम पहिचान सुन्नु भन्दा अगाडी म आफनो यौनिकतालाई लुकाएर समाजकोे अगाडी आफुलाई पनि अरु सरह पुरुषनै ठान्थे ।
तर समाजका मान्छेले विभिन्न लाञ्छना र भेदभाव गरे पनि आफु समाजको अगाडी पुरुष भएर वाचिन्थे । आमावुवाको सपना साकार पार्न म पनि अगाडी बढेर शिक्षा हासिल गरि रहेको छु । म अहिले कक्षा १२ मा अध्ययन गर्दैछु । कलेजका साथि कतिले माया गर्छन भने धेरैले अपहेलना गर्न थालेका छन । जव म पहिचान कार्यक्रम सुनेको थिएन । त्यो भन्दा अगाडी कलेजका साथि सवले माया गर्नु हुन्थ्यो । यो कार्यक्रम सुन्ने दिन देखि मेरोमा परिर्वतन भएको देखेर कलेजका साथि झन मलाई देखेर छक्क परे । के भएको चन्द्रदेव तिमी आजकाल बेग्लै किसिमको मान्छे देखिन थालेका छौ । कसरी यो भएको छ ? अनि त्यही दिन म आफ्नो मिल्ने साथिलाई कार्यक्रम पहिचान सुनाएको र साथिलाई भनेको के यहि पहिचान सुनेर म परिर्वतन भएको छु । घरमा मेरो आमावुवाले देखेर पनि छक्क परियो कि चन्द्रदेव किन यस्तो भएको हो ? पहिला त तिमी कति राम्रो थियौ । अहिले तिमिलाई के भयो ? को हो चन्द्रदेव ? अहिले त्यस्तोे देखेर समाजका मान्छे पनि छक्क परेका छन ।
अनि मेरो वुवा आमाले डाक्टर कहाँ गएर उपचार गराउन थाले । धामीझाक्री कहाँ देखाउन थाले पछि म आफ्नो आमालाई सम्झाउन थाले । आमा म पहिला देखिनै यस्तो थिए । डरले म आफ्नो यौनिकता लुकाएर बसेको थिए । समाजमा आमावुवाको इज्जत न जाओेस । त्यही डरले आफ्नो यौनिकतालाई लुकाएर वसेको थिए । तर आमा हामी जस्ता कयौ साथि म जस्ता छन जुन साथिहरु अहिले कार्यक्रम पहिचानमा आफ्नो दुख पीडा र आफ्नो यौनिकतावारे चर्चा गरि रहेका छन र हामी जस्ता कयौ साथि अगाडी वढी रहेका छन । म पनि आगाडी बढेर समाजमा राम्रो गरेर देखाउन चहान्छु । यो कुरा सुनेर मेरो आमाले गाली गरेर घरवाट निकाली दिनुभयो । म अहिले आफ्नो पढाई गरिनै रहेकोछु । तर घर भन्दा टाढा छु र आफ्नो पढाईलाई निरन्तरता नै दिनेछु । आमावुवाको अगाडी समाजमा केही वनेर देखाउने छु । समाजले र आमावुवाले म माथि धेरै नै आस विश्वास राखेका थिए । कि चन्द्रदेवले मेरो सपना सकार पार्छ । हो म त्यही सपना साकार पार्न लागिरहेको छु । अहिले सम्म मेरो वुवा आमा मलाई भेटन पनि आउनु भएको छैन, तै पनि म निरास बनेको छैन । म केही बनेर वुवा आमालाई देखाउने छु भन्ने दृढ विश्वास छ । तर अहिले जनकपुरमा कार्यक्रम पहिचान नआउँदा दुःख लागेको छ । म जस्ता अरु पनि साथि यो कार्यक्रमको लागि प्रतिक्षामा छन् कि यो कार्यक्रम कहिले देखि सञ्चालन हुनेछ भनेर हाम्रा साथि प्रतिक्षामा छन । त्यसैले यो कार्यक्रम जनकपुरमा पनि छिटो भन्दा छिटो सञ्चालन भै दियो भने धेरै साथिहरु आफ्नो यौनिकता बुझेर खुलेर आउथे भन्ने मेरो अशा र विश्वास छ । भोलिको दिनमा लुकेर छुपेका साथिपनि आउछन र अगाडी वढछन भन्ने विश्वास छन । म चन्द्रकान्ता मेरोमा परिवर्तन कार्यक्रम पहिचानवाट आएको हो र यि दुई शब्द अहिले मेरा लागि परिर्वतन हो ।

प्रस्तुती
मानवअघिकारकर्मी
प्रदिप कुमार यादव

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.