निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

‘चलचित्रमा तेस्रोलिंगीलाई प्रयोग गरिएको छ’

‘चलचित्रमा तेस्रोलिंगीलाई प्रयोग गरिएको छ’

810
SHARES

काठमाडौं (पहिचान) फागुन १९ – कलाकार सिर्जना सुब्बाले नेपाली चलचित्र उद्योगमा तेस्रोलिंगीलाई प्रयोग गर्ने गरिएको बताएकी छन् । “चलचित्रमा जसरी समलिंगी तेस्रोलिंगीलाई देखाइँदै आएको छ, यसलाई म प्रयोग नै भन्छु,” कार्यक्रम पहिचानसँगको कुराकानीमा उनले भनिन्, “यसरी अरुलाई युज गर्नु राम्रो अवश्य पनि होइन ।”
समाजमा यौनिक तथा लैंगिक अल्पसंख्यकलाई सकारात्मक रुपमा नहेरिनु र कथा लेख्ने व्यक्तिमा समलिंगी तेस्रोलिंगीप्रति आम बुझाइ नरहनु नै चलचित्रमा नकारात्मक रुपमा चित्रण गर्नु मुख्य कारण भएको उनको बुझाइ छ ।
“समाजले जसरी बुझेको छ, चलचित्रको कथा लेख्ने व्यक्तिले पनि त्यस्तै बुझिरहेकाले यसो भएको हो,” सुब्बा भन्छिन्, “अर्को कुरा भारतीय हिन्दी चलचित्रमा पनि तेस्रोलिंगीलाई फरक नजरले हेर्ने गरेका कारण नेपाली चलचित्रकर्मीले पनि यस्तै रुपमा लिएका हुन् ।”
महिला पुरुष सरह समलिंगी तेस्रोलिंगी पनि समान नागरिक भएकाले उनीहरुलाई पनि समलिंगी विवाहको मान्यता दिनु पर्ने सुब्बाको धारणा छ । “अरु धेरै देशमा समलिंगी विवाहलाई मान्यता दिएको अवस्थामा यहाँ पनि दिँदा हुन्छ जस्तो मलाई लाग्छ । यदी पछि यसले विकृती कै रुप लियो भने दिएको अधिकार बारे पुनरविचार गर्न सकिन्छ,” उनले भनिन्, “विपरित लिंगीप्रति आकर्षण नै हुँदैन भने त्यस्तो विवाह गरेर के अर्थ हुन्छ ।”
पछि परेको वर्गलाई माथि उठाउनु राज्यको दायित्व रहेको भन्दै उनले महिला, जनजाति तथा उत्पीडित समुदायलाई सरह समलिंगी तेस्रोलिंगीलाई पनि राज्यले आरक्षण दिनुपर्ने वताइन ।
पछिल्लो नयाँ पुस्ताले भने समलिंगी तेस्रोलिंगीलाई स्वीकार गर्न थालेको भन्दै उनले यौनिक तथा लैंगिक अल्पसंख्यकबारे मान्छेमा अझै न्यून बुझाइ रहेकाले यसबारे स्पष्ट पार्न जरुरी रहेको सुब्बाको भनाइ छ ।
सिर्जना सुब्बा अभिनित चलचित्र ‘लुट–२’ अहिले देशभरका हलमा लागिरहेको छ । ‘लुट–२’ मा उनी ‘पुतली’ को भूमिकामा छिन् । ‘लुट’ मा झै ‘लुट–२’ मा पनि सुब्बा सौगात मल्लको अपोजिटमा छिन् ।

समाचार शेयर गर्नुहोस्
810
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.