तेस्रोलिंगी एनी लामा मिस पिंक इन्टरनेशनलमा सहभागी

तेस्रोलिंगी एनी लामा मिस पिंक इन्टरनेशनलमा सहभागी

काठमाडौं (पहिचान) फागुन १९ – यौनिक तथा लैंगिक अल्पसंख्यकहरुका लागि गरिएको मिस पिंक २०१६ को उपाधी विजेता एनी लामा मिस पिंक इन्टरनेशनलमा सहभागी भएकी छन् । थाइल्याण्डको बैंककमा भइरहेको मिस पिंक इन्टरनेशनलमा नेपालबाट लामाले सहभागिता जनाएकी हुन् ।
नील हिरा समाजले गरेको मिस पिंक २०१६ को उपाधी विजेता लामा नेपालको प्रतिनिधित्व गरेर थाइल्याण्ड पुगेकी हुन् । १८ जना प्रतिष्पर्धीमध्ये टप टेन, टप फाइभ हुँदै उनले मिस पिंक २०१६ को उपाधी पहिरिएकी थिइन । एनीले थाइल्याण्डमा सुरु मिस पिंक इन्टरनेशनलमा सहभागिता जनाउनुको साथै विश्वका प्रतिस्पर्धी सँगै तालिममा पनि सहभागि जनाएकी छन् ।
बैंककमा एनीले फोटो सुट, ककटेल फोटो सुट सहित ९ वटा राउण्ड सकेकी छन् । एनीले आफ्नो फेसबुक मार्फत मिस पिंक इन्टरनेशनलमा पुग्न सफल भएकोमा आफ्ना समर्थकसँगै नील हिरा समाजलाई धन्यवाद दिएकी छन् । उनले मिस पिंक इन्टरनेशनलको उपाधी जित्ने आशा समेत गरेकी छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.