निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

‘लाउरे’ मा ‘लक्मे फेसन विक’ की तेस्रोलिंगी मोडल अञ्जली अनुबन्द

‘लाउरे’ मा ‘लक्मे फेसन विक’ की तेस्रोलिंगी मोडल अञ्जली अनुबन्द

516
SHARES

काठमाडौं (पहिचान) फागुन २४  – निर्माता सुनिल रावलले आफ्नो नयाँ चलचित्र ‘लाउरे’ मा तेस्रोलिंगी मोडल अञ्जली लामालाई अनुबन्द गरेका छन् । ‘लक्मे फेसन विक’ मा पुगेर उक्त फेसन विकमा पुग्ने विश्वकै पहिलो तेस्रोलिंगी बनेर इतिहास रचेकी लामालाई निर्माता रावलले आफ्नो चलचित्र मार्फत डेब्यु गराउन लागेका हुन् । 

“केही समय अगाडिबाट उनीसँग मेरो कुरा भइरहेको थियो,” रावलले भने,“हिजो पक्का भयो । उनी इन्डियामै रहेकाले लिखित सम्झौता नभएपनि मौखिकम सम्झौता भने भयो । अब उनले मेरो चलचित्रमार्फत नेपाली रजतपटमा डेब्यु गर्नेछिन् ।”

‘लक्मे फेसन विक’ मा नेपाल मात्र नभइ भारत तथा अन्य देशका समलिंगी तथा तेस्रोलिंगी समेत आजसम्म पुग्न सकेका थिएनन् । ‘लक्मे फेसन विक’ विश्वकै मोडलका लागि सपना हुने गरेको छ ।

नयाँ तर क्षमतावान अनुहारलाई आफ्नो चलचित्रमा डेब्यु गराउँदै आएका रावलले ‘लाउरे’ मा गायक नरेन लिम्बुलाई मुख्य भूमिकामा अनुबन्द गरिसकेका छन् । लिम्बुको अपोजिटमा पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठ छिन् ।

अञ्जलीको भूमिका ‘लाउरे’ मा के हुनेछ ?
“अञ्जलीको भूमिका श्रृष्टिसँग समानान्तर हुनेछ, लिड रोलमा नै उनले अभिनय गर्नेछिन्,” रावलले भने, “उनले स्क्रिप्ट हेरेर नै ओके गरेकी हुन् ।”

को हुन् अञ्जली ?
३२ वर्षे अञ्जली नुवाकोटका जन्मिएकी हुन् । छोरोको रुपमा जन्मिएकी अञ्जलीको नाम उनका वुवा आमाले नवीन वाइवा राखिदिएका थिए । केटीको जस्तो व्यवाहार देखाउने उनलाई विद्यालय तथा काममा समेत छोरीको जस्तो स्वाभाव भन्दै जिस्काउने गर्थे ।

आफू तेस्रोलिंगी भएको थाहा पाएपछि उनले ‘क्रस ड्रेस’ गर्न सुरु गरेकी थिइन् । सुरुमा परिवारले नै उनको पहिचानलाई अस्वीकार गरेपनि विस्तारै स्वाकारेको थियो । उनले केही वर्षअगाडि मात्रै ब्रेष्ट सर्जरी गरेकी थिइन् । उनको बारेमा ३५ मिनेट लामो डकुमेन्ट्री ‘अञ्जली’ समेत बनिसकेको छ । ‘अञ्जली’ को प्रिमियरमा उनले भनेकी थिइन्, “परिवारको माया लाग्द, सम्झना आउँछ, जान मन लाग्छ तर खुलेर बोल्दैनन् र म देखि खुसी छन् जस्तो लाग्दैन त्यसैले उनीहरुकै खुसीका लागि म घर जान्न ।”

नरेन, श्रृष्टि र अञ्जलीसँगै चलचित्रमा विक्रम सिंह, मेरुना मगर लगायतका कलाकारको अभिनय देख्न पाइनेछ । दुर्गिश फिल्म्सको व्यानरमा बन्न लागेको चलचित्र ‘लाउरे’ लाई निगम श्रेष्ठले निर्देशन गर्नेछन् ।

आलोक शुक्लाको छायांकन रहने लाउरेमा जेशन कुँवर (नाइट व्यान्ड) को संगीत रहने रावलले जानकारी दिएका छन् ।  चलचित्र चैत १५ देखी काठमाडौं, धरान र दार्जिलिङमा छायांकन हुनेछ ।

चलचित्र निर्माणमा रावललाई सुवास लामिछाने, ईश्वर श्रेष्ठ र तुफान गौचनले सघाउने छन् ।

‘सायद’, ‘होस्टल’, र ‘होस्टल रिटन्र्स’ निर्माता रावालले निर्माण गरेका चलचित्र हुन् । रावल अहिले ‘सायद–२’ रिलिजको तयारीमा छन् ।

साभार : http://baahrakhari.com

समाचार शेयर गर्नुहोस्
516
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.