यौनिक अल्पसंख्यकको उत्तरार्धको जीवन सार्थक बनाउन आजै देखि काम गर्नुपर्छ : मित्रसेन दाहाल

यौनिक अल्पसंख्यकको उत्तरार्धको जीवन सार्थक बनाउन आजै देखि काम गर्नुपर्छ : मित्रसेन दाहाल

काठमाडौं (पहिचान) फागुन २४ – समाजसेवी मित्रसेन दाहालले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले बुढेसकालको जीवन सार्थक र शुखी बनाउन आजै देखि काम गर्नुपर्ने बताएका छन् । जेष्ठ नागरिकको जीवन सार्थक र शुखी बनाउने काममा अभियन्ताकै रुपमा काम गरिरहेका दाहालले पुरुष र महिला छोरा–नातीबाट स्याहार नभए मात्र घर बाहिर जानुपर्ने भन्दै समलिंगी तेस्रोलिंगीका सन्तान नहुने हुँदा बुढ्यौली जीवनका विषयमा पहिले नै सतर्क हुनुपर्ने बताए ।
‘आज कोही आमा बुवाहरु छोराछोरी युरोप, अमेरिका र अष्ट्रेलिया गएर उतै बसिदिदा आश्रयलिएर बाच्न बाध्य छन् कोही कमाउका लागि अरेवियन राष्ट्र र मलेसिया लगायतका देशमा गएका कारण साहाराविहिन भएका छन्,’ दाहालले भने, ‘तर समलिंगी तेस्रोलिंगी जेष्ठ नागरिकहरु परिवारबाट विभेदमा त छँदैछन्, थप उनीहरुको स्याहार सम्भार गर्ने छोराछोरी पनि नहुँदा जीवन नै नरक बन्ने अवस्था छ ।’ त्यसरी जीवन विताउनुपर्ने भविस्यलाई अहिले देखि नै काम गरेर सार्थक शुखी र खुशी बनाउन सकिने उनले बताए ।
जेपी फाउण्डेसनमार्फत काठमाडौंको पूर्वी नाका लप्सेफेदीमा नेपाल सरकारसँग समेत सहकार्य गरेर जेष्ठ नागरिक ग्राम निर्माण गरिरहेका दाहालले समलिंगी तेस्रोलिंगीले पनि सहकार्य गर्न चाहेमा त्यहाँ विशेष आश्रम निर्माण गर्न सकिने बताए । नमुनाका रुपमा १०० रोपनीमा ३० वटा घर निर्माण गरेका दाहालले थप ४०० रोपनीको परियोजना तयार पारेका छन् । ‘यौनिक अल्पसंख्यकले आफै संलग्न भएर वा नेपाल सरकारसँग जेपी प्रतिष्ठानकै सहकार्यमा पनि आश्रम निर्माण गर्न र सँगै छुट्टै ग्राम निर्माण गर्न सक्छन्’ उनले भने ।
वि. सं. २०६९ सालमा प्रतिष्ठानका तर्फबाट मैत्री सेवाश्रम नाममा जेष्ठ नागरिक ग्राम सुरु गरेका दाहालले परियोजना र उद्धेश्यबारे बुझाएर नेपाल सरकारलाई समेत जोडेका थिए । दाहालले नेपालका सबै प्रकारका समुदायलाई नमुना जेष्ठ नागरिक ग्राममा समावेस गराउने लक्ष्य बनाएका छन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.