बारामा तेस्रोलिंगी मतदाताको संख्या बृद्धि, ५१ जना पुगे

बारामा तेस्रोलिंगी मतदाताको संख्या बृद्धि, ५१ जना पुगे

बारा (पहिचान) फागुन ३० – आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा बारा जिल्लामा गत वर्षको मतदाता संख्यामा तेस्रोलिंगी मतदाताको संख्या बृद्धि भएको छ । गत बर्ष ११ जना तेस्रोलिंगी मतदाता रहेकोमा बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा ५१ जना तेस्रोलिंगी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ ।
बारा जिल्लाको छवटा निर्वाचन क्षेत्रमा दुई वटा उपमहानगरपालिका, चार वटा नगरपालिका र नौ वटा गाउँपालिकामा आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पुरुष एक लाख ८६ हजार १४६ जना, महिला एक लाख ५० हजार ८४२ जना र तेस्रोलिंगी ५१ जना समेत गरी कुल तीन लाख ३६ हजार ३९ जना मतदाता रहेको कार्यालयका प्रमुख नरेश सफाफले जानकारी दिए ।
विगत ०७० मा सम्पन्न भएको दोस्रो संविधानसभाको निर्वाचनमा पुरुष एक लाख ६० हजार ११७ जना, महिला एक लाख ३६ हजार ४०० र तेस्रोलिंगी ११ जनासमेत गरी कुल दुई लाख ९६ हजार ५२८ जना मतदाता रहेका थिए ।
श्रोत रासस

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.