‘सर्वाङ्गीण विकासका लागि पूर्ण समावेसिता आवस्यक छ’ : सगुनसुन्दर लावती

‘सर्वाङ्गीण विकासका लागि पूर्ण समावेसिता आवस्यक छ’ : सगुनसुन्दर लावती

881
SHARES

काठमाडौं (पहिचान) फागुन ३० – राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य सगुनसुन्दर लावतीले सर्वाङ्गीण विकासका लागि पूर्णसमावेसिताको अभ्यास आवस्यक भएको बताएका छन् । पहिचानसँगको कुराकानीमा केन्द्रीय सदस्य लावतीले समलिंगी तेस्रोलिंगीहरुसहित आवस्यक समुहलाई समावेसिताको अभ्यास मार्फत अघिल्याउनुपर्ने बताए ।
‘कुनैपनि देशको सर्वाङ्गीण विकासका लागि पछाडी परेका सबै समुदायको पूर्णसमावेसी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ,’ केन्द्रीय सदस्य लावतीले भने, ‘समलिंगी तेस्रोलिंगीहरुलाई पनि समावेसी अभ्यासबाट मुलधारमा ल्याउनु आवस्यक छ ।’ उनले केही वर्ष अघि अमेरिकामा भएको युवा सम्मेलनमा समेत नेपालमा समलिंगी तेस्रोलिंगी संसद्मा पुगेको विषय कसरी संभव भयो भन्दै विदेशीले समेत चासो राख्ने गरेको बताए ।
‘म युथ फेलोसिपमा अमेरिका जाँदा त्यहाँ थुप्रै देशका मानिसहरुले नेपालमा तेस्रोलिंगीलाई संवैधानिक पदमा संसद्मा पु¥याउनेकुरा कासरी संभव भयो भन्दै चासो राखेका थिए,’ लावतीले भने, ‘मैले हामी सबैको विकास मार्फत सर्बाङ्गीण विकास गर्ने गृहकार्यमा जुटीरहेको बताएको थिए ।’ लावतीले आरक्षण सधैका लागि नहुँने भन्दै इतिहासदेखि नै पछाडी पारिएकाहरुलाई अगाडी ल्याउन निश्चित समयका लागि हुनसक्ने बताए ।
राप्रपामा तेस्रोलिंगी मोनिका शाही महाधिवेशन प्रतिनिधि बनेर आएको जानकारी दिदै उनलाई केन्द्रीय सदस्य बनाउने कुरा अध्यक्ष बाहेक अरुले जवाफ दिन नसक्ने बताए । ‘तेस्रोलिंगी मोनिका शाही हाम्रो महाधिवेशनमा नै एकमात्र तेस्रोलिंगी प्रतिनिधि हुनुहुन्थ्यो,’ लावतीले भने, ‘उहाँ केन्द्रीय सदस्य बन्छु चुनाव लड्छु पनि भन्नुभएको थियो, तर अब उहाँ केन्द्रीय सदस्य बन्नुहुन्छ बन्नुहुन्न भन्नेकुरा अध्यक्षले मात्र जवाफ दिनसक्नुहुन्छ ।’

समाचार शेयर गर्नुहोस्
881
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.