समलिंगी सम्बन्धबारेको “म हैन म” प्रर्दशन, गाउँ गाउँमा देखाउन सुझाव (भिडियो सहित)

समलिंगी सम्बन्धबारेको “म हैन म” प्रर्दशन, गाउँ गाउँमा देखाउन सुझाव (भिडियो सहित)

अम्बिका दाहाल/काठमाडौं (पहिचान) चैत्र ४ – “बाजा बजाउँदै गाडीको लस्कर लगाएर बेहुला दुलही लिन काभ्रेको एउटा गाउँमा पुग्छ । गाडीबाट झर्ने वित्तिकै बेहुलोलाई सँगै जन्त गएका साथीले अहिले यो सबै नगर्दा हुँदैन, हामीले अहिले नै यो सब हुँदैन भन्न सक्छौ भन्छ । बेहुलो केही बोल्दैन तर बेहुलाको दाईले जन्त गएको केटोलाई चुप लाग भनेर हकार्छ ।”
नेपालमा पहिलो पटक अन्तराष्ट्रिय मानवअधिकार चलचित्र महोत्सवमा प्रर्दशन गरिएको समलिंगी सम्बन्धबारे नील हिरा समाजले बनाएको “म हैन म” कथानक चलचित्रको सुरुवातको संवाद हो यो । ९० मिनेट लामो चलचित्रमा समलिंगी पुरुषलाई विपरितलिंगी महिला झुक्याएर विवाह गरेको देखाइएको छ ।
चलचित्रका पात्र अभिषेक र राज स्कूल पढ्दा देखिका लगौटिया साथी हुन् । उनीहरु एकले अर्कोलाई मन पराउँथे । त्यो कुरा अभिषेकको परिवारले थाहा पाइसकेको थियो । उसको परिवारले यो रोग हो भन्थ्यो । केटीसँग विवाह गर्दिए निको हुन्छ भन्ने मानसिकता थियो अभिषेकको परिवारमा । त्यही भएर उसको केटीलाई झुक्याएर परिवारले सिर्जना नाम गरेकी केटीसँग विवाह गरिदियो । विवाहको पहिलो रात बेहुलाले बेहुली फकाउछन् भन्ने मान्यता छ तर, त्यो रात अभिषेकलाई सिर्जनाले फकाउनु परेको थियो । अभिषेकसँगै सुत्न मानेन र छुट्टै सुत्यो ।

…………….
नेपालमा समलिंगी अर्थात गे व्यक्तिकाबारेमा त्यति धेरै जानकारी नपुगेकाले सिर्जना निर्दोष थिइन । उनलाई के कारणले पुरुष एउटी महिलासँग सुत्न मान्दैन भन्ने थाहा थिएन । त्यसैले अभिषेक समलिंगी भएको थाहा पाउन उनले पिछा गर्न थालिन । पिछा गर्दै जादाँ बाटोमा सुनिन यो त छक्का हो रे नि । कसरी विहे भएछ ? त्यो कुरामा ख्याल नगरी उनी उसको पिछा गर्दै गइन । अभिषेकले राजकी श्रीमतीसँग गरेको वार्ता सिर्जनाले सुनिन र अभिषेक फर्किएपछि उनी अभिषेकले ढकढकाएको ढोका ढकाइन । एक जना निस्केर तिमि जस्ता मान्छे आउने ठाउँ होइन भनेर झपारेपछि उनी फर्किइन ।
……….
उनलाई समलिंगी भन्ने थाहा थिएन । उनले अभिषेकका दाईलाई अरुले कुरा गरेको सुनेर होला तपाईको भाइ छक्का हो भन्दै माइती गइन । “धनी हुनुहुन्छ भन्दैमा अर्काको जिन्दगीमा खेलवाड गर्नु हुन्छ ? म काभ्रेबाट पाल्न ल्याएको भेडबाख्रा हो ? तपाईको भाई छक्का हो म यति भन्छु, त्यो अर्काको लोग्नेसँग सुत्दै नहिडोस ।”
सिर्जना हिडेपछि दाईले भाईलाई राजबीच केही छैन भनेको होइन भन्ने प्रश्नमा अभिषेकले यो विहे गर्नुको कुनै अर्थ छैन भनेको होइन भन्ने जवाफ दिन्छ । सिर्जना माइती पुग्छिन आमाले खवर नगरी आएको र एक्लै किन आएको भनेर सोध्दा सिर्जना उनी अर्कै रैछन म एक्लै आए भन्छिन् । आमाले छोरीलाई सम्झाउँछिन् । तर आमाको कुरा सिर्जनालाई मन पर्दैन । उनले आमालाई भन्छिन, “तपाईले विवाह गरिदिनु भएको परिवार धनी र सम्पन्न होला तर म त्यसमा खुशी हुन सक्दिन ।” सिर्जना मलाई एउटा छक्कासँग विवाह गरेर दिनु भो होइन भन्दै निक्कदा अभिषेक दाजु र बुबा उनलाई लिन पुगेका हुन्छन् । उनी केही नभनी त्यही गाडीमा फर्किन्छिन ।
हुनत अभिषेकको पार्टनर राजले पनि विवाह गरेको थियो । तर उ घरमा र बाहिर दुवै तिर समय मिलाउथ्यो । राजको बारेमा सिर्जनाले सोधेकी थिइन के राज बाइसेक्स्युल हो ? अभिषेकले भनेको थियो हो । सिर्जनाले राज माथि विश्वास नगर्न भनेकी थिइन अभिषेकले विश्वास गर्नु पर्छ के थाहा तिमिलाई हाम्रो सम्बन्ध भनिरहेको थियो । नाइट पार्टीमा गएका बेला राजले अर्को केटा साथी ल्याएको देखेपछि अभिषेकले सिर्जनाको कुरा ठिकै रैछ भनेको थियो ।

……………
सिर्जना अभिषेकबीचको वार्ता हुन्छ । सिर्जना गे छ्या सोच्दै घिन लाग्छ । अभिषेक त्यो नभन किन तिमि गाउँमा जन्मेकी भनेर पाखे र घिनलाग्दी भन्दा के हुन्छ । सिर्जना मलाई थाहा थियो त्यो सोच्छौ भनेर अभिषेक त्यसो होइन । बुबा आमा, काकाहरुका कारण मैले यो गे हुँ भनेर भन्न नसकेको सिर्जनालाई सुनाउँछन् । सिर्जनालाई अभिषेकको परिवारले कलेजमा भर्ना गरिदिन्छन् र कलेजमा सिर्जनाको एक जना केटासँथ आँखा जुद्छ, माया बस्छ एक अर्कामा नजिक हुन्छन् । यो कुरो घरमा थाहा पाएर सिर्जनालाई गाली गरिन्छ । सिर्जनाले कलेजमा पनि एक जोडी समलिंगी जोडी भेट्छिन । उनी विस्तारै समलिंगी सम्बन्धबारे जानकार हुन्छिन । सिर्जनाको कलेजका एक जना केटासँग माया बस्न थालेको थाहा पाएका अभिषेकले नै सिर्जनालाई बाँकी जीवन बर्बाद नगर भन्दै घरमा लगेर म हैन म का निर्देशक इलम दिक्षितलाई सुम्पिन्छन् । सिर्जनाको माया बस्न थालेका केटा इलम नै हुन् । आमा, दाईले अभिषेकसँग अंगालो हाले पनि बुबाले आँखा झुकाइरहन्छ । कथा सकिन्छ ।
………………..
नील हिरा समाजले निर्माण गरेको चलचित्र म हैन म को निर्देशन इलम दिक्षितले गरेका हुन् । चलचित्रले समलिंगी विवाहलाई मान्यता दिनुपर्ने सन्देश दिएको छ । समलिंगी व्यवहार भएका व्यक्तिसँग जवरजस्ती या झुक्याएर विपरितलिंगी व्यक्तिसँग विवाह गरिदिदाँ दुवैको जीवन वर्वाद भइरहेको चलिचित्रले प्रष्ट सन्देश दिएको छ । चलचित्रबारे नील हिरा समाजमा कार्यरत समलिंगी पुरुष पिटर तामाङले चलचित्रमा जस्तो अरु समलिंगी व्यक्तिलाई यस्तो नहोस भन्ने आग्रह गरे । म पनि खुलेर आएको समलिंगी पुरुष हुँ, हामीले धेरै सघर्ष गरेका छौ तामाङले भने, तपाईहरुले आफ्नो परिवारमा हामी जस्ता व्यक्ति पाउनु भयो भने माया गर्दिनुहोस । यो चलचित्रमा समुदायका व्यक्तिलाई समावेश गरेको भए अझै राम्रो सन्देश जान सक्ने दर्शकहरुले वताए । दर्शकहरुले चलचित्रलाई गाउँ गाउँमा पगर देखाउन सुझाव दिएको नील हिरा समाजका उपनिर्देशक परसुराम राइले वताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.