रुपन्देहीका तेस्रोलिंगी विमललाई पहिचान अनुसारको नागरिकता

रुपन्देहीका तेस्रोलिंगी विमललाई पहिचान अनुसारको नागरिकता

रुपन्देही (पहिचान) चैत्र ५ – रुपन्देही देवदह निवासी तेस्रोलिंगी विमल बस्नेतले पहिचान अनुसारको नागरिकता पाएका छन् । बस्नेतले लिंगको महलमा अन्य उल्लेख गरेको पहिचान अनुसारको नागरिकता पाएका हुन् ।

बस्नेतसँगै रुपन्देहीमा पहिचान अनुसारको नागरिकता लिने यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्या तीन पुगेको छ । नील हिरा समाज रुपन्देहीमा कार्यरत मानवअधिकार रक्षक आनिक रानाले पहिचान अनुसारको नागरिकता माग्दा चिकित्सकको प्रमाणपत्र मागेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सर्वोच्च अदालतको फैसला र सरकारको परिपत्र हेरेर पहिचान अनुसारको नागरिकता दिन थालेको हो ।

आफ्नो पहलमा बस्नेतले सहजै लिंगको महलमा अन्य उल्लेख गरेको नागरिकता लिएका मानवअधिकार रक्षक रानाले वताइन ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.