अपशब्द प्रयोग गर्नेलाई कारवाही गर्न तेस्रोलिंगी सन्ध्याको माग

अपशब्द प्रयोग गर्नेलाई कारवाही गर्न तेस्रोलिंगी सन्ध्याको माग

इन्दिरा न्यौपाने (पहिचान) चैत्र ८ – तेस्रोलिंगी सन्ध्या लामाले आफूमाथि अपशब्द प्रयोग गर्नेलाई कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी गरेकी छन् । नील हिरा हिरा समाज शाखा कार्यालय विरगंजमा कार्यरत लामा हेटौडा ४ गर्दाेइमा आफ्नै घरमा वसिरहदा छिमेकी ठुलो भाइ श्रेष्ठ विरुद्ध उजुरी दिएकी हुन् ।
श्रेष्ठले आफूलाई हिजडा सहितका विभिन्न उपनाम प्रयोग गर्दै गाली बेइज्जती गरेको भन्दै कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको लामाले जानकारी दिइन । “चैत ७ गते बिहान घरमै आइ विना कसुर गाली बेइज्जती गरेकोले उजुरी गरेको उनले बताइन् । घरमा म नभएको बेलामा पनि आमालाइ तेरो हिजडा छोरा खै ?”  त्यसलाई घरमा राख्ने होइन भन्दै धेरै पटक गालि गरेको वताउँदै सन्ध्याले भनिन; मैले धेरै चोटी सम्झाए तर उसले नटेरेपछि उजुरी गर्न बाध्य भएको हुँ । नील हिरा समाज मकवानपुरमा कार्यारत मानव अधिकारकर्मी सुमित पौडेल सहितको टोली गएर उजुरी दर्ता गराएका हुन् ।

समाज बदलिसक्यो तर अझै समाजका व्यक्तिहरुको सोच बदलिएको छैन । बुझेर पनि बुझ पचाउनेहरुलाइ कानुनी दायरामा ल्याउनै पर्ने मानव अधिकार कर्मी सुमित पौडेलले वताए । उजुरी दर्ता पछि गाली बेइज्जती र मानहानी पुर्याउनेलाई कारवाही गरिने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.