यौनिक अल्पसंख्यकका गीत गाउन तयार छु : यम बराल

यौनिक अल्पसंख्यकका गीत गाउन तयार छु : यम बराल

596
SHARES

काठमाडौं (पहिचान) चैत्र ९ – गायक यम बरालले समलिंगी तेस्रोलिंगीका गीत गाउन तयार रहेको बताएका छन् । सबै वर्ग तथा समुदायका गीत गाइनुपर्ने उनको भनाइ छ ।
“गीतसंगीत भनेको समाजको दर्पण हो । सबै समुदाय, भाषा, जाती र लवजका गीत गाइनुपर्छ । यही मान्यता अनुसार मेरो नयाँ एल्बममा पनि सुदुरपश्चिमको भाका समावेश गरेको छु,” गायक बराल भन्छन्, “त्यसैले समलिंगी तेस्रोलिंगीका गीत पनि गाइनुपर्छ ।”
सरोकारवाला पक्ष वा अन्य कसैले सहयोग गरे यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार र वर्तमान अवस्था समेटिएको गीत गाउन आफू तयार रहेको गायक बराल बताउँछन् ।
“गीत गाउन ठूलो लगानी चाहिन्छ । त्यसैले गायक गायिकाले चाहँदैमा गीत गाउन सक्तैन,” उनले भने, “यो कुरा ममा पनि लागु हुन्छ । यदी कसैले लगानी गर्छ भने म समलिंगी तेस्रोलिंगीका विषयमा गीत गाउन तयार छु ।”
अन्य कतिपय देशमा यौनिक तथा लैंगिक अल्पसंख्यकका विषयमा गीत रेकर्ड भएको र आफूले पनि सुनेको उनी बताउँछन् । “धरै देशमा मैले यसबारे गीत गाएको सुनेको छु, अब त्यो यहाँ पनि हुनुपर्छ ।”
सबैले अधिकार पाउनुपर्ने उल्लेख गर्दै उनले भने, “सबैले अधिकार पाउनुपर्छ । मानव सबै समान हुन्, विभेद कसैले कसैलाई पनि गर्नु हुँदैन ।”
समलिंगी तेस्रोलिंगीले आफ्ना विषय सरोकारवाला निकायमा राखेर आफ्ना लागि पहल गर्नुपर्ने गायक बरालको धारणा छ । “गीतसंगीतकै कुरा गर्दा पनि व्यक्तीले चाहँदैमा गाउन आर्थिक हिसावले गाह्रो हुन्छ त्यसैले यसबारे गीतसंगीतसँग सम्बन्धित विभिन्न संघसंस्था छन् । ती संस्थामार्फत पहल गर्नुभयो भने अझ सहज हुन्छ,” उनले भने ।

समाचार शेयर गर्नुहोस्
596
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.