यौनिक तथा लैंगिक अल्पसंख्यक बुझाउन सरकारी स्वास्थ्यकर्मीलाई तालिम

यौनिक तथा लैंगिक अल्पसंख्यक बुझाउन सरकारी स्वास्थ्यकर्मीलाई तालिम

इन्दिरा न्यौपाने/मकवानपुर (पहिचान) चैत्र १० – नील हिरा समाजले यौनिक तथा लैंगिक अल्पसंख्यकबारे जानकारी दिन सरकारी सेवामा रहेका स्वास्थ्य कर्मीहरुलाई लक्षित गरी तालिम प्रदान गरेको छ । मकवानपुरको हेटौंडामा भएको तालिममा साविकको नारायणी अञ्चलका चितवन, मकवानपुर, बारा, पर्सा र रौतहतमा कार्यरत ३० जना स्वास्थ्यकर्मी सहभागि थिए ।

स्वास्थ्य क्षेत्रमा यौनिक तथा लैंगिक अल्पसंख्यक, समलिंगी पुरुष तथा तेस्रोलिंगीप्रति हुने भेदभाव न्युनीकरणको उद्देश्यले संचालित तालिममा यौनिक अल्पसंख्यक र उनीहरुका समस्या बुझाउँदै स्वास्थ्यकर्मी तथा आम मानिसमा रहेका गलत धारणा हटाउने प्रयास गरिएको छ । नील हिरा समाजले तालिममा एचआइभी एड्स, यौनबाट सर्ने राोगहरु (एसटिआ), लगायत विभिन्न स्वस्थ्य सम्बन्धि प्रशिक्षण दिइएको समाजको दिवा परियोजनाका सहायक निर्देशक संजय शर्माले जानकारी दिए ।

तालिममा प्रशिक्षकको रुपमा शिक्षा मन्त्रालयबाट गौरीशंकर पाण्डे, वीर अस्पतालबाट पूर्णिमा डंगोल, स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियण्त्रण केन्द्रबाट शम्भु काफ्ले सहभागी थिए । यौनिक तथा लैंगिक अल्पसंख्यकको विषय सहजकर्ताको भूमिका नील हिरा समाज मकवानपुरका कार्यक्रम संयोजक सुरज थापाले गरे ।

तालिम पछि यौनिक तथा लैंगिक अल्पसंख्यका विषयमा स्वास्थ्यकर्मीमा रहेको गलत धारणा हटेको तथा यौनिक तथा लैंगिक अल्पसंख्यकोमाथि हुने विभेद र उपचारमा हुेन समस्याको अन्त्य भएको दावी गरिएको छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.