यौनिक अल्पसंख्यकका मु्द्धा अहिलेनै समाधान गर्दा राम्रो हुन्छ : डा. शिवजी यादव

यौनिक अल्पसंख्यकका मु्द्धा अहिलेनै समाधान गर्दा राम्रो हुन्छ : डा. शिवजी यादव

काठमाडौं (पहिचान) चैत्र १३ – संघीय समाजवादी फोरमका प्रमुख सचेतक डा. शिवजी यादवले यौनिक तथा लैंगिक अल्पसंख्यकका मुद्धा अहिले नै संबोधन गर्नुपर्ने बताएका छन् । पहिचानसँगको कुराकानीमा प्रमुख सचेतक यादवले समलिंगी तेस्रोलिंगी द्विलिंगी र अन्तरलिंगीलाई संविधानले नै यौनिक तथा लैंगिक अल्पसंख्यक भनेर संबोधन गरेको भन्दै चाडैं त्यसको भावनात्मक कार्यान्वयन आवस्यक रहेको बताए ।
‘समलिंगीहरु आजपनि ‘लिभिङ टुगेदर रिलेशन’मा छन् भने उनीहरुलाई समलिंगी विवाहको अधिकार प्रदान गर्नुपर्छ,’ यादवले भने, ‘संविधानले जव संविधानले यौनिक तथा लैंगिक अल्पसंख्यक भनेको छ, लैंगिक पहिचानका अधारमा नागरिकताको अधिकार दिएको छ र समानताको अधिकार पनि प्रदान गरेको छ भने वैवाहिक अधिकार रोकेको छ भन्नै मिल्दैन ।’ डा. यादवले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई राज्यस्तरबाट समानताको अधिकार प्रदान गर्न उनीहरुलाई समलिंगी विवाह सहितका अधिकार दिनुपर्ने बताए ।
‘समलिंगी तेस्रोलिंगी समुदायलाई सकेसम्म देवानी संहितामै विवाहको अधिकार पदान गर्दा उचित हुन्छ किन भने कुनै मुद्धा उठिसकेको छ भने त्यसको संबोधन गरे मात्र अघि बढ्नका लागि मार्ग प्रसस्त हुन्छ,’ यादवले भने, ‘किन भने यहाँ जेसुकै कुरा लेखिदिने तर कार्यान्वयन नगर्ने प्रवृति गलत ढंगले स्थापित भएको छ ।’ यादवले फलाम तातेकै समयमा आकारमा ल्याउने भने जस्तै राजनीतिक र समाजिक मुद्धा पनि उठेकै समयमा संबोधन नगरे भविस्यमा त्यसको औचित्यमाथि प्रश्न उठाउने ठाउँ हुनसक्ने बताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.